१५ चैत्र २०८० बिहीबार
राजनीति

मकवानपुरका तीन गाउँपालिकामा एमाले, एकमा माओवादी

अशोक सुजन श्रेष्ठ

हेटौँडा- मकवानपुरको तीन गाउँपालिकामा एमालेले र एक गाउँपालिकामा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ। मकवानपुर गढी, ईन्द्रसरोबर, कैशाल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितको छ। बागमती गाउँपालिकाको अध्यक्ष माओवादीले जितेपनि उपाध्यक्षमा भने एमालेले नै जित हासिल गरेको छ। मकवानपुरमा आठ गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिका रहेको छ।

बागमतीमा माओवादीका घलान

बागमती गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सर्केस घलान मघु तीन हजार दुई सय २१ मतका साथ बिजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकुमार तिमल्सिनाले तीन हजार ८६ मत प्राप्त गरे छ । उपाध्यक्षमा नेकपा एमालेका धनमाया स्याङतान तीन हजार एक सय ४४ मतले विजयी भईन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बच्चु गोले खड्काले तीन हजार एक सय ४० मत पाईन् । नवनिर्वाचत अध्यक्ष घलान २०७० सालको संविधान सभा निर्वाचनमा माओवादीको सभाषद् उम्मेदवार थिए ।

मकवानपुरको गढीमा एमालेका हुमागाई

मकवानपुरको गढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जितेको छ । एमालेका विदुर हुमागाई ३८ सय १४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकट्तम प्रतिद्वन्द्वी काँग्रेसका दोर्जे लामा स्याङ्तानले तीन हजार छ सय  ५३ मत पाए । उपाध्यक्षमा एमालेकी हर्कमाया रुम्बाले तीन हजार सात सय १७ मत ल्याएर बिजयी हुँदा काँग्रेसकी  मन्दिरा केसीले तीन हजार सात सय सात मत पाईन् ।

ईन्द्रसरोबरमा एमालेका लामा

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिकामा एमालेका जीवन लामा गाउँपालिका अध्यक्षमा निर्बाचित भएका छन् । लामाले तीन हजार दुई सय चार मत पाउँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका विश्वलाल लामाले दुई हजार दुई सय ७३ मत पाए ।

उपाध्यक्षमा पनि एमालेकी उमा लामा तीन हजार एक सय ९० मतसहित विजयी भईन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लक्ष्मी डंगोलले दुई हजार ८१ मत ल्याईन् ।

कैलाशमा एमालेका मोक्तान

कैलाश गाउँपालिकाको अध्यक्षमा एमालेका टंक मोक्तान निर्बाचित भएका छन् । उनले दुई हजार आठ सय दुई मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका लोकबहादुर मुक्तानले दुई हजार तीन सय ५९ मत पाए । उपाध्यक्षमा एमालेकै सुकुमाया लामाले दुई हजार आठ सय मत पाएर जित हासिल गरिन् । उपाध्यक्षमा निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी मिरा स्याङतानले दुई हजार चार सय २५ मत पाईन् ।

प्रकाशित: ३ जेष्ठ २०७४ ११:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App