coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

धादिङको सात स्थानीय तहमा एमाले अगाडि, कांग्रेस माओवादी संगसंगै

धादिङ- निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले अग्रता हासिल गरेका छन्। त्यसैगरी धुनिबेसी नगरपालिकामा नेकपा एमालेका बालकृष्ण आचार्य र एमालेकै निरु खरेल अग्रस्थानमा छन्।

                नेकपा एमालेले सिद्धलेक, गल्छी, बेनिघाट रोराङ, गजुरी, त्रिपुरासुन्दरी, ज्वालामुखी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबैमा  अग्रता हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले खनियाबास र गंगाजमुनामा अग्रता हासिल गरेको छ ।

                त्यसैगरी नेत्रावती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता हासिल गरेका छन् । रुविभ्याली गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा राप्रपाले अग्रता हासिल गरेको छ भने थाक्रे गाउँपालिकामा अध्यक्षमा नेकपा माओवादी केन्द्रले र उपाध्यक्षमा एमालेको उम्मेदवारले अग्रता हासिल गरेका छन् । मत गणना जारी छ।

प्रकाशित: २ जेष्ठ २०७४ १४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App