७ वैशाख २०८१ शुक्रबार
राजनीति

मतगणना स्थलमा मोवाइल लैजान नपाइने

काठमाडौं- निर्वाचन आयोगले मतगणना स्थलमा मोवाइल फोन लैजान नपाउने जनाएको छ। मतगणना सम्बन्धी निर्देशन जारी गर्दै आयोगले सम्बन्धित गाउँपालिका/ नगरपालिका मुख्य निर्वाचन अधिकृत/ निर्वाचन अधिकृत र सुरक्षा अधिकारीबाहेक गणनास्थलनमा अन्य ब्याक्तिले मोबाल फोन प्रयोग गर्न नपाउने आयोगले जनाएको छ।

यस्तै मतपत्रमा मतदान अधिकृतले दस्तखत गर्दा सिसाकलम बाहेक कालो, नीलो, हरियो, रातो वा अन्य जुनसुकै रङको मसी प्रयोग गरेको भए पनि उक्त मतपत्रलाई मान्यता दिने आयोगले बताएको छ।

मतदातालाई मतपत्र दिँदा मतपत्रको अर्धकट्टि समेत दिई उक्त अर्धकट्टि सहितको मतपत्र मतपेटिकमा रहन गएको अवस्थामा मतगणनाका लागि मतपत्रको चाङ मिलाउँदा त्यस्तो अर्धकट्टिलाई गलग गरी मतपत्र गणाना गर्ने आयोगले बताएको छ।

यस्तो छ मतगणाना सम्बन्धी निर्देशन:

प्रकाशित: ३१ वैशाख २०७४ १२:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App