१६ चैत्र २०८० शुक्रबार
राजनीति

म्याग्दीमा शान्तिपूर्णरुपमा मतदान हुँदै

म्याग्दी – दुईदशक पछी हुन लागेको स्थानीय तहको निर्वाचन म्याग्दीमा निर्धारित समयमै सुरू भएको छ । बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७१ हजार ४६३ जनता मतदाता, एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । मतदाताको सुरक्षाका लागि प्रहरी, नेपाली सेना र शसस्त्रले सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म सुरक्षा दिइरहेको छ । 

नगर र गाउँपालिकाका गरी ४५ वटा वडा रहेको म्याग्दीमा २ सय ३७ जना जनप्रतिनिधि चयनका लागि निर्वाचन हुँदै छ । २३७ पदका लागि ६०६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । बेनी नगरपालिका वडा नं २ को हंशवाहिनी आधारभूत मावि मतदान केन्द्रमा ९४ वर्षीय रणबहादुर सुवेदी र बेनी नगरपालिका वडा नं ७ मा ९३ वर्षीया नरबहादुर बानियाँले समेत मतदान गरेका छन् । 

जेष्ठ नागरिक, अपाङ्ता भएका, बिरामीलाई पहिलो प्राथमिकता दिइएको छ । निकै उत्साहजनक रुपमा सहभागिता रहेको मतदाताले संविधान कार्यान्वयन र विकासको लहर फैलने अपेक्षा गरेका छन् । मतदान केन्द्रमा मतदातालाई शिक्षा समेत दिइएको छ । अति संवेदनशील मानिएका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदातालाई सहज तरिकाले मतदानको व्यवस्था मिलाउन दलका उम्मेदवार समेत सक्रिय छन् । 

 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App