१६ चैत्र २०८० शुक्रबार
राजनीति

शनिबार मध्यरातसम्म सवारी साधन चल्न पाउने

काठमाडौं— स्थानीय तह निर्वाचन हुने जिल्लाहरुमा शनिबार मध्यरातिसम्म सवारी साधन चलाउन पाउने निर्वाचन आयोगले जनाएको छ। आइतबार बिहान ७ बजेदेखि मतदान सुरु हुने हुँदा  आयोगले शनिबार मध्य रातिदेखि भने सवारी साधन सञ्चालनमा रोक लगाउनेछ।

शनिबार मध्यारातपछि कुनै पनि किसिमका सवारी साधन चल्न पाउने छैनन्’, उनले भने।

आयोग सदस्य नरेन्द्र दाहालले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्य रातिदेखि निजी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न नपाउने बताए। ‘शनिबार मध्यारातपछि कुनै पनि किसिमका सवारी साधन चल्न पाउने छैनन्’, उनले भने।

पहिलो चरणको निर्वाचन अन्तर्गत ३४ जिल्लामा आइतबार मतदान हुँदैछ। आइतबार बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ। मतदान समय सकिए पनि मतपेटिका व्यवस्थापनको काम बाँकी रहने हुनाले आइतबार पाँच बजेपछि पनि सवारी साधन सञ्चालनमा रोक लगाइने उनले बताए। ‘मतपेटिकालाई सुरक्षित रुपमा केन्द्रमा पुर्‍याउनेसहितका काम बाँकी रहने हुँदा आइतबार राति अबेरसम्म सवारी साधन चल्न पाउने छैनन्’, उनले भने।

निर्वाचन आयोगबाट सवारी सञ्चालन अनुमति पत्र पाएका सवारी साधनलाई भने आवत—जावतमा रोकटोक नहुने उनले जानकारी दिए।

प्रकाशित: २९ वैशाख २०७४ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App