१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमाले—माओवादी चुनाब प्रचारमा परिचालित जीप दुर्घटना, ९ घाइते

दुर्घटनामा परेको गाडी। तस्विर सौजन्यः प्रवेश घिमिरे

लमजुङ— एमाले—माओवादीको संयुक्त चुनाब प्रचारमा परिचालन भएको जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जिल्लाको दक्षिण–पश्चिमी भेगको मध्यनेपाल नगरपालिका वडा नं २ सोतीपसलमा भएको जीप दुर्घटनामा परेर ९घाइते भएका हुन्।

एमाले–माओवादी केन्द्रको संयुक्त उम्मेदवारहरुको चुनावी प्रचारप्रसारमा गएको ना.३ च ८६१७ नम्बरको जीप सोतीपसल बजार नजिकै घुम्तीमा दुर्घटनामा परेको हो।

एमाले–माओवादी केन्द्रको संयुक्त उम्मेदवारहरुको चुनावी प्रचारप्रसारमा गएको ना.३ च ८६१७ नम्बरको जीप सोतीपसल बजार नजिकै घुम्तीमा दुर्घटनामा परेको हो।

दिउँसो साँढे १ बजेतिर भएको दुर्घटनामा परेर तान्द्राङ टक्सारका विशाल गुरुङ, प्रेम दुरा, डम्बर श्रेष्ठ, दिनेश गोतामे, सुजन नेपाली, प्रकाश नेपाली, मनोज नेपाली, बिरबहादुर नेपाली र सुदिप नेपाली घाईते भएको सोतीपसल प्रहरीले जनाएको छ। सामान्य घाइते सुदिप र मनोजलाई सोतीपसलमा उपचार गराइएको छ भने अन्यलाई तनहुँ सदरमुकाम दमौलीस्थित रत्नहरी मेमोरियल अस्पतालमा उपचारका लागि पठाइएको ट्राफिक प्रहरी बाबुराम नेपालीले बताए। जीपका चालक फरार रहेको पनि प्रहरीले जनाएको छ।

यसैगरी बेसीशहर नगरपालिका ७ त्रिवेणीटोलमा विहीबार मोटरसाईकलले ठक्कर दिँदा ३४ वर्षीया निलम जैसवाल घाईते भएकी छन्। जैसवाललाई बेसीशहर ९ साम्दीका १७ वर्षीय सञ्जोग राउतले हाँकेको ग.९ प ५५६६ नम्बरको मोटरसाईकल ठक्कर दिएको हो। मोटरसाईकल चालक राउत स्वयं पनि घाइते भएरका छन्।

दिउँसो १२ बजेतिर अर्को मोटरसाईकलले ठक्कर दिँदा बेसीशहर १३ सारिङ गाउँकी १३ वर्षीया सिन्धु परियार घाईते भएकी छन् । त्रिवेणीटोलकै प्रकाश विकले हाँकेको ग.८ प. ९३७३ नम्बरको मोटरसाईकलले उनलाई ठक्कर दिएको र चालक फरार रहेको प्रहरीले बताएको छ । दुवै मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको ट्राफिक प्रहरी हवल्दार भूमिराज घिमिरेले बताए । घाईते सबैको उपचार बेसीशहर स्थित लमजुङ मोडेल अस्पतालमा भईरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित: २८ वैशाख २०७४ १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App