coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेसी मोर्चा दोस्रो चरणको चुनावमा भाग लिने वातावरण बन्दै: नेता पोखरेल

सन्तोष सिंह

सर्लाही- माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले संविधान संशोधनको इमानदार प्रयासले मधेसी मोर्चा दोस्रो चरणको चुनावमा भाग लिने वताबरण बन्दै गएको बताएका छन्।

संविधान संशोधनको प्रयास भइरहको उल्लेख गर्दै पारित हुने पोखरेलले विश्वास गरे। ‘ चुनाव र संविधान संशोधनको बीचमा प्रधानन्यायाधीश माथी महाअभियोग प्रस्तवा आएकाले संशोधन ओझेलमा परेपनि जेठ ४ पछि बस्ने संसदले निकास निकाल्ने छ’ उनले भने।  संसदको निकासले मधेसी मोर्चाले दोस्रो चरणको चुनावमा भाग लिने उनले बताए।

मोर्चासंग भएको सहमतीमा प्रधानमन्त्री र सत्तारुढ दल एकदमै इमानदार भएर लागेको पोखरेलले दावी गरे। स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै माओवादी केन्द्रले सर्लाही र महोत्तरी प्रमुख बनाएर दुई जिल्लाको जम्मारी पाएर सोमबार कार्यकर्ता भेटघाटका लागि लालबन्दी आइपुगेका पोखरेलले अन्य पार्टीसंग बार्ता गर्न जिल्ला स्तरमा वार्ता समिति बनाएको बताए।

पहिलो चरणको निर्वाचनमा काँग्रेससंग चुनावी सहकार्य गरेका माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा पनि काँग्रेससंग नै सहकार्य हुने संभावना रहेको पोखरेलले बताए।

सर्लाहीको लालबन्दीमा सोमवार आयोजित पत्रकार सम्मलेलनमा उनले साझा मुद्दा कार्यान्वयनका लागि मिलेर अघि बढ्नुपर्ने बताए। 

 

प्रकाशित: २५ वैशाख २०७४ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App