७ वैशाख २०८१ शुक्रबार
राजनीति

महाअभियोग प्रस्ताव : कांग्रेस–माओवादीले अब के गर्लान्?

प्रधान न्यायाधीश सुशीला कार्की। फाइल तस्विर

काठमाडौं– प्रमुख दलहरू प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्तावलाई लिएर उत्पन्न विवादको निकासका लागि मध्यमार्गी बाटो खोज्न छलफलमा सक्रिय भएका छन्। कार्कीविरुद्ध संसद्मा पुगेको  महाभियोग प्रस्तावलाई अदालतले रोकेपछि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच द्वन्द्व बढिरहेका बेला नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता मध्यमार्गी बाटाकोे खोजीमा जुटेका हुन्।

सत्तासीन कांग्रेससहितका दल संसद्को क्षेत्राधिकार अदालतले मिचेको भन्दै तत्काल महाभियोग फिर्ता नलिने अडानमा कायमै रहेको निकट स्रोतको दाबी छ । तर, सत्ता र विपक्षमा रहेका नेतालाई विवाद बढाउनुभन्दा समाधानका  उपाय खोज्न सहमत भएको स्रोतको दाबी छ।

राज्यका तीनै निकाय आ–आफ्नो ढंगबाट अघि बढ्दा परिस्थिति थप जटिल बन्नसक्ने ठहर प्रमुख तीन दलको छ । प्रमुख प्रतिपक्षी एमाले कार्कीविरुद्धको महाभियोग फिर्ता हुनुपर्ने अडानमा छ ।

सत्तासीन कांग्रेससहितका दल संसद्को क्षेत्राधिकार अदालतले मिचेको भन्दै तत्काल महाभियोग फिर्ता नलिने अडानमा कायमै रहेको निकट स्रोतको दाबी छ । तर, सत्ता र विपक्षमा रहेका नेतालाई विवाद बढाउनुभन्दा समाधानका  उपाय खोज्न सहमत भएको स्रोतको दाबी छ।

कांग्रेस नेता रामचन्द्र पौडेलले तीन निकायबीच दूरी बढाउन नहुने भन्दै संसद्को अधिकार क्षेत्र मिचेर अदालतले दिएको आदेशलाई भ्याकेटबाट खारेज गर्ने, महाभियोग प्रस्ताव र्फिता लिने र प्रधानन्यायाधीश कार्की बिदामा बस्नेगरी समाधान खोज्नुपर्ने प्रस्ताव गरेका छन् । पौडेलको प्रस्ताव र समाधानको उपायका विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको जानकारी दिँदै एक नेताले भने, ‘अब टसल होइन समाधानतिर जानुपर्छ भन्नेमा सबै पक्षको सोच देखिन्छ ।’

विवाद नबढाउन राष्ट्रपति विद्यादेवी भणडरीले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश कार्कीलाई सुझाएकी छिन् ।
त्यस्तै, प्रमुख दलबीच बजेट, दोस्रो चरणको निर्वाचन र पहिलो चरण निर्वाचनको मतगणनासहितका विषयमा पनि छलफल भएको छ । प्रतिपक्षी एमाले बजेटअघि नै दोस्रो चरणको निर्वाचन गर्नुपर्ने अडानमा छ ।
 

प्रकाशित: २५ वैशाख २०७४ ०१:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App