१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आ-आफ्नो तहमा सीमा नाघिएको छ: माधव नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले संसदमा दर्ता भएको महाअभियोग र सर्वोच्चको फैसलामा  आफ्नो- आफ्नो तहमा कहिँ न कहिँ सीमा नाघिएको टिप्पणी गरेका छन्। पत्रकारहरुसँग संसद भवन बाहिर कुरा गर्दै नेपालले अदालतले सीमा नाघ्दा अलिकति ठाउँ राखेको बताए। ‘आफ्नो तहमा कहीँ न कहीँ सीमा नाघिएको छ’,  उनले भने, ‘तर अदालतले सिधै हस्तक्षेप गरेको देखिँदैन।‘

हचुवाको भरमा महाअभियोग ल्याइएको उनले बताए। फैसला गरेको आधारमा महाअभियोग लगाउन खोजिनु लगत भएको नेपालको भनाई छ। ‘यसो गर्न मिल्दैन’,  नेपाले भने, ‘त्यसो हुँदा प्रधान न्यायाधीश माथि महाअभियोग लगाउने आधार कारण देखिँदैन। यो पुरै गलत छ।‘

उनले प्रधान न्यायाधीश सुशीला कार्की महाअभियोग लगाउनु पर्ने व्याक्ति नै नभएको बताए। कार्यपालिकाको अधिकार कति सम्म हो कार्यपालिकाले नियुक्ति गर्न पाउँछ कि पाउँदैन त्यसमा अदालतले कति सम्म भन्ने हो भन्नेबारे भने बहस गर्न सकिने उनको धारणा छ।  

प्रकाशित: २४ वैशाख २०७४ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App