७ वैशाख २०८१ शुक्रबार
राजनीति

नारफू गाउँपालिकामा सवै पद निर्विरोध

लमजुङ- वैशाख ३१ गते हुने स्थानीयतह निर्वाचनका लागि आकाँक्षी धेरै भएर दलहरुलाई उम्मेदवार टुंगो लगाउन निकै हम्मे–हम्मे परिरहेको अवस्थामा माथिल्लो मनाङको नारफु गाउँपालिका सिंगै निर्विरोध भएको छ।

मंगलबार जिल्लामा कृयाशिल दलका उम्मेदवारहरुले उम्मेदवारी मनोनयन दर्ता गराई रहँदा नारफु गाउँपालिकामा भने सबै पदमा निर्विरोध भएको हो। प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट मिङमार छिरिङ लामा र उपप्रमुखमा स्वतन्त्रबाट कोञ्जा तेन्जिङ लामा निर्विरोध निर्वाचित भएका छन् भने १ देखि ३ वडा सदस्यमा पनि नेपाली काँग्रेस, ४ र ५ नं वडामा स्वतन्त्रवाट उम्मेदवारी दर्ता गराईएकोमा ति सबै निर्विरोध रहेको बताईएको छ। उपप्रमुखमा नेपाली काँग्रेसका फुर्वा जोम्पा लामा र स्वतन्त्रबाट कोञ्जा् तेन्जिङ लामाको उम्मेदवारी परेकोमा सहमति कायम गरिए पछि सबै पदाधिकारी निर्विरोध निवार्चित भएका हुन् ।

मनाङको नारफू बाहेक चामे, नेस्याङ र नासोङ गाउँ पालिकाका लागि भने नेपाली काँग्रेस, नेपका एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबाट प्रमुख, उपप्रमुख लगायतका विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गराईएको निर्वाचन कार्यालयका प्रमुख उद्वीर नेपालीले बताए।

चामेको प्रमुख, उपप्रमुखका लागि नेपाली काँग्रेसका अनिता र मुनिन्द्रजंग गुरुङ, एमालेका लोकेन्द्र घले र टिकादेवी गुरुङ, माओवादी केन्द्रका पासाङ विष्टको उम्मेदवारी मनोनयन दर्ता भएको छ । नेस्याङको प्रमुख उपप्रमुखमा काँग्रेसका विनोद गुरुङ र छिरिङ ओङ्मा घले, एमालेका कान्छा घले र माओवादी केन्द्रका याङ्दु गुरुङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । तल्लो भेगको नासोङको प्रमुख उपप्रमुखमा काँग्रेसका चन्द्र घले र कमलमाया गुरुङ, एमालेका मनबहादुर गुरुङ र नन्द गुरुङ, माओवादी केन्द्रका लक्ष्मी लामा र वेदबहादुर गुरुङ, राप्रपाका रामकृष्ण गुरुङ र निता गुरुङले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।

 

प्रकाशित: २० वैशाख २०७४ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App