७ वैशाख २०८१ शुक्रबार
राजनीति

ललितपुरमा को को छन् मेयर र उपमेयरका उम्मेदवार ?

काठमाडौं– ललितपुर महानगरपालिका मेयरमा नेपाली कांग्रेसबाट चिनिबाबु महर्जनले उम्मेदवारी दिएका छन् । कांग्रेसबाटै उपमेयरमा गीता सत्यालको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा सुकमाया तामाङले उम्मेद्वारी दर्ता गराएका छन् ।
माओवादी केन्द्रबाट मेयरमा दिनेश महर्जन(दिपेश) र उपमेयरमा मञ्जली शाक्यले उम्मेद्वारी दिएका छन् ।
मालेबाट मोहनराज शाक्य, उपमेयरमा लक्ष्मीकुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

राप्रपा पार्टीबाट बाबुकाजी प्रधानले उपमेयरमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै, साझा पार्टीको समर्थनमा ललितपुर मेयरमा रमेश महर्जन र शोभा शाक्यले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
त्यस्तै, जनगणतान्त्रिक मोर्चाको समर्थनमा मेयरमा विजय कर्ण खड्गी र उपमेयरमा इन्दिरा अधिकारीले उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय जनमुक्त पार्टी रोशन महर्जनले प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

 

 

 

प्रकाशित: १९ वैशाख २०७४ ०९:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App