१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमाले शीर्ष नेता बैठकमा एक्कासि कमल थापा प्रवेश गरे

काठमाडौं- काठमाडौं महानगरसहित स्थानीय तहका उम्मेदवार टुंगो लगाउन सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार दिउसो एमाले शीर्ष नेताको बैठक बसिरहेको थियो। बैठकस्थलमा एक्कासि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अाइपुगे। उनी सिधै एमाले नेताहरु बसिरहेको कक्षतर्फ लम्किए।

उहाँको प्रवेशले हामी सबै चकित परेका थियौं। किनकि यो एमालेको आन्तरिक बैठक बसिरहेको थियो,' बैठकमा सहभागी एक नेताले भने।

बैठकमा थापाको प्रवेशले एमाले नेताहरु चकित परेका थिए। उम्मेवार टुंगो लगाउन नसकिरहेका बेला थापाको प्रवेश एमाले नेताहरुलाई अप्रत्यासित बन्यो। सोमबार मात्र सरकारबाट बाहिरिएको पार्टीका अध्यक्ष एमाले शीर्ष नेता बैठकमा अाइपुग्दा सबै अा अाफ्नै अड्कलबाजी गरे।

अध्यक्ष थापाले अाफू अरु कुनै कारणले नभई चुनाबी गठबन्धनबारे छलफल गर्न अाएको बताए। एमाले नेताहरुले उनलाई स्वागत गर्दै दुई पार्टीले वैशाख ३१ गतेको स्थानीय तहको चुनावमा कसरी गठबन्धन बनाएर अघि बढ्न सक्छन् भनेर केहीबेर छलफल गरे। 'उहाँको प्रवेशले हामी सबै चकित परेका थियौं। किनकि यो एमालेको आन्तरिक बैठक बसिरहेको थियो,' बैठकमा सहभागी एक नेताले भने, 'तर उहाँको प्रवेश चुनाबी गठबन्धनका लागि पो रहेछ।' 

कमल थापा राप्रपाका अर्का नेता दीपक बोहोरासँगै एमाले कार्यालय पुगेका हुन्। करिब १५ मिनेट एमाले नेताहरुसँग छलफल गरेपछि अध्यक्ष थापा एमाले पार्टी कार्यालयबाट बाहिरिए। तपाइँहरुबीच के कुरा भयो? भन्ने संवाददाताहरुको प्रश्नमा उनले भने, 'भित्र छलफल हुँदैछ।'

अध्यक्ष थापालाई अाफ्नै गाडीमा राखेर उनले केहीबेर छलफल गरेर एमाले संसदीय परिसरबाट निस्किए।

प्रकाशित: १९ वैशाख २०७४ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App