coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कीर्तेमा फँस्ने डरले महाअभियोग प्रस्ताव ल्याएः ओली

एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्विर

काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवराज सिलवालको कागजात सरकारले कीर्ते गरेको आरोप लगाएका छन्। त्यही कीर्ते कागजमा फँस्ने देखिएपछि मुद्दाको फैसला हुनु अगाडि नै महाअभियोग प्रस्ताव ल्याइएको उनले बताए।

‘फरेन्सीक ल्याबमा आफूले भनेअनुसार रिपोर्ट बनाउनु भनेर दवाब दिए, अनि प्रधानन्यायाधीशलाई हामीले भने अनुसार फैसला गर भनेर पटक पटक धम्क्याए। धम्कीको सुनुवाई नभएपछि महाभियोग लगाइएको हो’, उनले भने। 

'कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुझ्दा हामीलाई नटेर्ने भन्ने मनसायले महाअभियोग ल्याएको देखियो', ओलीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा संवाददाताहरुसँग भने, 'नवराज सिलवालको कागज कीर्ते गरेका थिए। त्यो कीर्तेमा फँस्ने डरले मुद्दाको फैसला हुन अगाडि नै महाअभियोग प्रस्ताव ल्याएका हुन्।'

जेठ २४ मा अवकास पाउँदै गरेकी प्रधान न्यायाधीश कार्की वैशाख २४ देखि विदा बस्ने सम्भावना पनि थियो भन्दै अध्यक्ष ओलीले सत्ता पक्षले चुनाबमा व्यापक धाँधली गर्न सक्ने शंका व्यक्त गरे।

'आफू अनुकूल भएन भनेर पुलिसको संगठन र न्यायलय ध्वस्त पार्नेहरुले कस्तो खालको चुनाब गराउलान्', उनले भने, 'सबै किसिमका धाँदलीको सामना गर्छौं।'

सरकारको आदेश तामेली गर्न नमानेकाले सत्तारुढ दलहरुले प्रधानन्यायाधीश विरुद्ध महाभियोग लगाएको उनले अारोप लगाए। प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाभियोग बदनियतपूर्ण भएको भन्दै ओलीले मंगलवार नै फिर्ता लिन पनि आग्रह गरे।

महाअभियोग फिर्ता लिन अाग्रह

‘आज सार्वजनिक विदा परेकाले म आजै फिर्ता लिन भन्दिनँ, भोलि विदाको दिन छैन, बदनियतपूर्ण महाभियोग भोलि नै फिर्ता लिन म आग्रह गर्छु’ घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘डीआइजीको कार्यसम्पादन मुल्यांकनमा सरकारले किर्ते गरेको पोल खुल्ने र फस्ने डरले  त्यसबाट बच्न मुद्दा फैसला हुनुअघि नै महाभियोग ल्याएका हुन्।’ 

'कानुनअनुसार फैसला गर्ने ? जन्मकैद गरेकालाई जेल हाल्नु भनेर पत्र पठाउने? अपराधीलाई समात्नु भनेर अदालतले अादेश दिन पाउँछ?', महाअभियोग प्रस्तावका अभियोगबारे ओलीले व्यंग्य गरे। कसैले गैरकानुनी काम गरे त्यसको सुनुवाई गर्ने काम न्यायलय भएकाले अदालत सरकारको अादेशपालक हुन नसक्ने उनले बताए।

आइजीपी नियुक्ति प्रकरणमा सरकारले फरेन्सीक ल्याव टेष्ट गर्दा पनि आफू अनुकुल बनाउन लगाएको ओलीको अारोप थियो। ‘फरेन्सीक ल्याबमा आफूले भनेअनुसार रिपोर्ट बनाउनु भनेर दवाब दिए, अनि प्रधानन्यायाधीशलाई हामीले भने अनुसार फैसला गर भनेर पटक पटक धम्क्याए। धम्कीको सुनुवाई नभएपछि महाभियोग लगाइएको हो’, उनले भने। 

प्रकाशित: १८ वैशाख २०७४ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App