काठमाडाैं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले वैशाख ३१ गतेका लागि घाेषाणा गरिएकाे चुनाव सारेर जेठ ३१ मा एकै चरणमा गर्ने नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवालार्इ अाग्रह गरेका छन्।
संविधान संशोधन विधेयक पारित गर्नका लागि सहयाेगका लागि अाग्रह गर्न शीर्ष नेतासहित अाेली निवास भक्तपुरकाे बालकाेट पुगेका सभापति शेरबहादुर देउवासँग उनले यस्ताे अाग्रह गरेका हुन्।
अध्यक्षा अाेलीले संविधान संशाेधनका लागि सभापति देउवाले गरेकाे अाग्रहलार्इ भने ठाडै अस्वीकार गरेका थिए। मधेसवादी दललाई चुनावमा ल्याउन संविधान संशोधन आवश्यक रहेको बताउँदै सभापति देउवाले संशाेधनमा सहयाेग गर्न अाग्रह गरेका थिए।
अध्यक्ष ओलीले भने संविधान संशोधन प्रतिगामी र जनविरोधी भएको भन्दै सहयोग गर्न नसक्ने भन्दै संशोधन प्रस्तावलाई कुनै हालतमा असफल बनाउने बताएका थिए।
छलफलका लागि देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए।
प्रकाशित: १६ वैशाख २०७४ १३:११ शनिबार