५ वैशाख २०८१ बुधबार
राजनीति

मतदाता परिचय पत्र छपाई अन्तिम चरणमा

निर्वाचन अायोग परिसरमा मतदाता परिचय पत्र छपाई गर्दै एक कर्मचारी। तस्विरः प्रबीन

काठमाडौं – स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले मतदाता परिचय पत्र छपाई अन्तिम चरणमा पु¥याएको छ। देशभरबाट संकलित १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता नामावली अनुसार मतदाता परिचय पत्र छपाई अन्तिम चरणमा पुगेको हो।

‘मतदाता परिचत्र पत्र सुरक्षिचत राख्न निर्वाचन आयोग परिसरमा छपाईको व्यवस्था मिलाएका हौं। छपाई सकिएलगत्तै देशभरका विभिन्न जिल्ला मतदाता परिचय पत्र पुर्‍याउने छौं।’

निजी कम्पनी ओम्नी ग्रुपले बिहान, दिउँसो र बेलुका गरेर तीन सिफ्टमा अस्थायी रुपमा खटाइएका कर्मचारीहरुले मतदाता परिचय पत्र तयार गरिरहेका छन्। ओम्नी ग्रुपका अस्थायी कर्मचारीहरुले निर्वाचन आयोग परिसरमा उपकरणहरु जडान गरेर काम गरिरहेका हुन् । 

‘चैतको दोस्रो साताबाट स्थानीय तह निर्वाचनको लागि मतदाता परिचय पत्र छपाईको काम सुरु गरिएको थियो। केहीदिनभित्र मतदाता परिचत्र पत्र छपाईको काम सकिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले भने,‘मतदाता परिचत्र पत्र सुरक्षिचत राख्न निर्वाचन आयोग परिसरमा छपाईको व्यवस्था मिलाएका हौं। छपाई सकिएलगत्तै देशभरका विभिन्न जिल्ला मतदाता परिचय पत्र पुर्‍याउने छौं।’

यसअघिको निर्वाचनको तुलनामा स्थानीय तह निर्वाचनको लागि मतदान गर्ने मतदाताहरुको संख्या करिव १९ लाखले वृद्धि भएको उनले जानकारी दिए। ‘दोस्रो संविधान सभाको निर्वाचनको तुलनामा स्थानीय तह निर्वाचनमा १९ लाख बढी मतदाताले मत खसाल्दैछन्। स्थानीय तहको पुनःसंरचना भएबाट मतदाताको ठेगाना परिवर्तन भएको हुँदा त्यसलाई मिलाउन आयोगलाई बढी समय लागेको हो।'

 फागुनको पहिलो सातासम्म दर्ता भएका मतदाताको मतदान गर्ने केन्द्र राखेर परिचयपत्र छापिएका हुन्।

फोटो/भिडियोः प्रबीन कोइराला

 

प्रकाशित: १४ वैशाख २०७४ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App