८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस घोषणापत्र आज आउँदै

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय चुनावका लागि तयार पारेको घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ। तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहितको घोषणापत्र महेश आचार्य नेतृत्वको मस्यौदा समितिले तयार पारेको हो।

कृषि र पर्यटन क्षेत्रको विकासलाई जोड दिँदै कांग्रेसले उद्योग र लगानी मैत्री वातावरण तथा स्थानीय तहबाटै लगानीको वातावरण बनाउनुपर्ने पक्षमा जोड दिएको छ।

यसैबीच कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका बहुमत उम्मेदवार निर्वाचित हुने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्व पदाधिकारी बैठकले वैशाख ३१ गते हुने पहिलो चरणको निर्वाचनमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गर्ने ठहर गरेको हो।

शनिबार भएको दलीय सहमतिले स्थानीय निर्वाचनको वातावरण थप सुनिश्चित गरेको ठहर गर्दै कांग्रेसले सबै पक्ष सहभागी हुने वातावरण बन्नु सकारात्मक भएको विश्लेषण गरेको छ।

प्रकाशित: १२ वैशाख २०७४ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App