३१ असार २०७७ बुधबार
राजनीति

तीन गाउँपालिका र ७९ वडा प्रमुखमा एमालेको सर्वसम्मत उम्मेदवार

खोटाङ– नेकपा एमाले खोटाङले स्थानीय तहको निर्वाचनका लागि तीन गाउँपालिका र ७९ वडाका प्रमुखमा सर्वसम्मत उम्मेदवार छानेको छ। एमालेले लामो छलफलपछि लामीडाँडा गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाको प्रमुखमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको लामीडाँडा गाउँपालिकामा लिलाबहादुर निरौलालाई प्रमुख र समला राईलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा गणेश कोईरालालाई प्रमुख र गोमा मगरलाई उपप्रमुख तथा जन्तेढुंगा गाउँपालिकाम प्रमुखमा शंकर राईलाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरिएको एमाले उपसचिव कुमार आचार्यले बताए।

प्रमुखको टुंगो नलागे पनि ऐसेलुखर्कको उपप्रमुखमा पुष्पकला भुजेल र साकेला गाउँपालिकाको उपप्रमुखमा दिलकुमारी राईलाई उम्मेदवार सिफारिस गरिएको छ। सबै वडा प्रमुखमा सर्वसम्मत उम्मेदवार पठाइए पनि हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाको मेयर र उपमेयरका सबै आकांक्षीको नाम प्रदेशमा सिफारिस गरिएको एमालेले जनाएको छ। यस्तै, सर्वसम्मत हुन नसकेका अन्य गाउँपालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउने जिम्मा पनि प्रदेशलाई दिइएको उपसचिव आचार्यले बताए।

प्रकाशित: १० वैशाख २०७४ १६:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App