coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद बैठक जारी, दुई चरण निर्वाचन घोषणा गर्न सक्ने

काठमाडौं— मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी छ। अाजको मन्त्रिपरिषदले दुई चरणको स्थानीय निर्वाचन मिति घोषणा गर्न सक्ने स्रोतले बतायो।

‘दुई चरणको निर्वाचन र संविधान संशोधनको विषय छलफल कार्यसूचिमा छन्’, मन्त्रिपरिषद स्रोतले नागरिकन्युजसँग भन्यो, ‘संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्नुपर्ने बुँदामा पनि छलफल हुँदैछ।’

यसअघि सरकारले वैशाख ३१ का लागि स्थानीय तहको निर्वाचन मिति तोकिसकेको छ। मधेसी मोर्चाले निर्वाचनमा आउनका लागि संविधान संशोधनको सर्त राख्दै आएको थियो। शुक्रबार साँझ सरकार संविधान संशोधन गर्न र मोर्चा निर्वाचनमा सहभागी हुन सहमत भएका थिए। त्यसयता सरकारले दुई चरणमा स्थानीय निकाय निर्वाचनको तयारी गरिरहेको छ।

संसदमा दर्ता रहेको संविधान संशोधन प्रस्तावमा परिमार्जनका लागि मोर्चा र सरकारका तर्फबाट चार सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्ण, नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बुद्धिमान तामाङ छन्।

प्रकाशित: १० वैशाख २०७४ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App