१६ चैत्र २०८० शुक्रबार
राजनीति

मोर्चा आए दुई चरणमा चुनाव :  अध्यक्ष थापा

विराटनगर – उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापाले संयुक्त मधेसी मोर्चा केही दिनभित्रमै सहमतिमा आउने बताएका छन् । उनले मोर्चा सहमतिमा आएपछि स्थानीय तहको निर्वाचन दुई चरणमा हुने पनि बताए । 

विराटनगर विमानस्थलमा शनिवार पत्रकारहरुसित कुरा गर्दै मन्त्री थापाले मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक उन्मुख रहेकाले केही दिनमै सहमति हुने दाबी गरे । ‘सहमतिपछि मोर्चा पनि चुनावमा सहभागि हुन्छ,’ उनले भने, ‘त्यसो भए मधेसका केही जिल्लामा अर्को चरणमा चुनाव हुन्छ ।’

उनले संसदमा दर्ता भएको विधेयकलाई समान्य परिमार्जन गरी अघि बढाउने विषयमा मोर्चासंग सहमति बन्ने बताए । नागरिकता, भाषा, राष्ट्रिय सभाको गठन विधि तथा परिमार्जनसहितको संविधान संशोधनका विषयमा मोर्चासंग छलफल भइरहेको उनको भनाइ छ । 

उपप्रधानमन्त्री थापाले जनसंख्याको विषयमा स्थानीय तहको संख्या कायम  गर्नुपर्ने माग मोर्चाको रहेकाले सहमती जुटे केही जिल्लामा स्थानीय तहको संख्या थपघट हुने बताए । उनले मोर्चा निर्वाचनमा सहभागी भए केही जिल्लामा दुई चरणमा निर्वाचन गर्न सकिने प्रष्ट पारे । 

प्रकाशित: ९ वैशाख २०७४ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App