coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पत्रकार महासंघ भोजपुरमा दाहाल

भोजपुर –  नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको अध्यक्षमा श्यामकृष्ण दाहाल चयन भएका छन् । महासंघको पाँचौ अधिवेशनले दाहालको नेतृत्वमा निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको हो।    

नयाँ कार्यसमितिको खुल्ला उपाध्यक्षमा एक्सन राई, महिला उपाध्यक्षमा विद्या राई, सचिवमा बुद्धप्रसाद तामाङ, सहसचिवमा मकर तामाङ, मोहन दुराल, कोषअध्यक्षमा युवराज विष्ट, सौगात गौतम र सत्य राई सहित ९ सदस्यीय समिति चयन गरेको हो । 

केन्द्रीय पार्षदमा ज्ञानेन्द्र खड्का, किरण राई, ध्रुव सुवेदी, गणेश बिष्ट र निर्मला कार्की निर्वाचित भएका छन् । प्रदेश पार्षदमा उमेश अधिकारी, भोजबहादुर बिष्ट, बाबुराम बास्तोला, उमेश तामाङ र केवल प्रधान चयन भएका छन् । 

बुधबार एक कार्यक्रमका बीच पूर्व अध्यक्ष ज्ञानेन्द्र खड्का लगायतको पुरानो समितिले नयाँ समितिलाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेको छ ।

प्रकाशित: ६ वैशाख २०७४ ०८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App