८ वैशाख २०८१ शनिबार
राजनीति

राष्ट्रपति भण्डारी राजकीय भ्रमण गर्न भारत प्रस्थान

भारत प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि दिल्ली प्रस्थान गरेकी छन्।राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति भण्डारी पहिलोपटक विदेश भ्रमणमा निस्केकी हुन्।

सरकार दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधि भने विदाई कार्यक्रममा अनुपस्थित थिए।

राष्ट्रपति भण्डारीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तिमगरलगायत मन्त्रीहरु उपस्थित थिए। सरकार दुई उपप्रधानमन्त्री कमल थापा र विमलेन्द्र निधि भने अनुपस्थित थिए।

भण्डारीको राजकीय भ्रणण ३३ सदस्य रहेको छ। टोलीमा परराष्ट्रमन्त्री, सचिव, राष्ट्रपति कार्यालयका सचिव, सुरक्षाकर्मी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिवलगायत छन्। 

राष्ट्रपति भण्डारीको भारतीय समकक्षी प्रणव मुखर्जीका साथै भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित शीर्ष नेतासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। 

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत भ्रमणमा निस्केकी राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्कनेछिन्।

यस्तो छ कार्यक्रम

सोमबार राष्ट्रपति भण्डारी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन्। उनलाई मंगलबार भारतीय राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर' द्वारा सम्मान गर्ने कार्यक्रम छ।

सोही दिन भण्डारीले भारतीय समकक्षी मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसपछि उनले महात्मा गान्धीको समाधिस्थल राजघाट जाने र यमुना बायोडाइर्भसिटी पार्क अवलोकन गर्नेछिन्।

त्यस्तै, भारतीय उपराष्ट्रपति अन्सारी, प्रधानमन्त्री मोदी र अन्य भारतीय मन्त्रीहरूले उनीसँग शिष्टाचार भेट गर्नेछन्। राष्ट्रपति गुजरात र उडिसा पनि जाने कार्यक्रम छ।

भारत प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : दिपेश श्रेष्ठ
भारत प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : दिपेश श्रेष्ठ
भारत प्रस्थान गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : दिपेश श्रेष्ठ
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App