१६ चैत्र २०८० शुक्रबार
राजनीति

राष्ट्रपतिको भारत भ्रमणका लागि भोलि सार्वजनिक विदा

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने भारतको राजकीय भ्रमणका लागि सरकारले भोलि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ। आइतबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भोलिदेखि हुने भारतको भ्रमण अनुमोदन गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो।

'राष्ट्रपतिले गर्ने भारतको राजकीय भ्रमण अवसरमा भोलि सोमबार सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ', मुख्यसचिव सोमलाल सुवेदीले नागरिकन्युजसँग भने।

'राष्ट्रपतिले गर्ने भारतको राजकीय भ्रमण अवसरमा भोलि सोमबार सार्वजनिक विदा दिने प्रस्ताव मन्त्रिपरिषदले पारित गरेको छ', मुख्यसचिव सोमलाल सुवेदीले नागरिकन्युजसँग भने।

राष्ट्रपतिको राजकीय भ्रमणका लागि गृह मन्त्रालयले सार्वजनिक विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो। गृहको प्रस्तावमा मन्त्रिपरिषदले राष्ट्रपति फर्किने शुक्रबार पनि विदा दिने निर्णय गरेको छ।

गणतन्त्र स्थापनापछि पहिलो राष्ट्रपतिको रुपमा डा.रामवरण यादब औपचारिक भ्रमणका लागि २०६६ सालको फागुनमा भारत जाँदा विदा दिइएको थिएन। त्यतिबेला गृह मन्त्रालयले सार्वजनिक विदाको प्रस्ताव मन्त्रिपरिषदमा लगेकोमा माधवकुमार नेपाल सरकारले त्यसलाई रद्द गरिदिएको थियो। राजतन्त्र रहेको बेला भने राजा विदेश जाने दिन र फर्किने दिन दुई दिन सार्वजनिक विदा दिइन्थ्यो।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला सरकारले सार्वजनिक विदा दिएको थियो।

प्रकाशित: ३ वैशाख २०७४ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App