१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत छः महासचिव पोखरेल

फाइल तस्बिर।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्नेकुरा गलत रहेको बताएका छन्।

सोमवार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताएका हुन्।  

उनले नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत केन्द्रिय कमिटीको सदस्यमा मनोनित गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रुपमा ७० वर्षे उमेर हद हटाइएको बताए।

उनले नेकपा एमाले पुराना पार्टीहरुमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको उल्लेख गरे।

महासचिव पोखरेलले विकास र समृद्धिको लागि नेकपा एमाले देशका लागि अपरिहार्य हो भन्नेकुरा प्रमाणित भएको बताए। उनले भारतले नयाँ संसद भवनमा राखेको नेपाली भूमि समेटिएको नक्शाबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रश्तुत गर्ने बिडम्वना देखिएको बताए।

प्रकाशित: २९ जेष्ठ २०८० १०:२१ सोमबार

शंकर पोखरेल