coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश–३ स्थानीय तह निर्वाचन : 'पर्ख र हेर' रणनीति

स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा प्रदेश ३ का सिन्धुली, काभ्रेपलाञ्चोक र रामेछापका नगरपालिकामा चहलपहल बढ्न थालेको छ। विभिन्न दलका तर्फबाट मेयर र उपमेयरमा दर्जनौं आकांक्षी देखिएका छन्।

अधिकांश ठाउँमा विभिन्न पार्टीका तर्फबाट पुरानै अनुहारले नगर नेतृत्वका लागि इच्छा देखाएका छन् भने केही ठाउँमा नयाँ अनुहार पनि देखिएका छन्। पूर्वजनप्रतिनिधि तथा दलको जिल्ला तहमा पुगेका पदाधिकारीले उम्मेदवारी दिने चर्चा चलेसँगै कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा आकांक्षी केन्द्रसम्मै पुगेर नेताहरूसँग 'लबिङ' गर्न थालेका छन्।

२०५४ सालको स्थानीय निकायको चुनावलाई समीक्षा गर्दै हाल गठित स्थानीय तहमा कसलाई उम्मेदवार छनोट गर्ने भन्नेमा प्रमुख दलहरू ‘पर्ख र हेर’ को अवस्थामा छन्। काभ्रेका ६ नगरपालिकामा मेयरका लागि सबैभन्दा बढी दाबेदार र आकांक्षी देखिएका छन्।

बनेपा नगरपालिका

जिल्लाकै पुरानो २०३८ सालमा गठित बनेपा नगरपालिकामा कांग्रेसका नगर सभापति राम जोशीलाई उम्मेदवार बनाउनुपर्ने भन्दै स्थानीय युवाले 'लबिङ' थालेका छन्। अन्य आकांक्षीमा रामकुमार मुल्मी, कृष्णगोपाल भैल, योगेन्द्रनाथ कर्माचार्य र प्रचण्ड प्रधान छन्।

एमालेका तर्फबाट बनेपा नगरपालिकाका मेयरमा  नगर सभापति लक्ष्मीनरसिंह बादे, लम्बोदर कायस्थ, शिला कतिला र रघुवर चौप्रधानको नाम अगाडि  छ। माओवादी केन्द्रबाट तुलसीनारायण श्रेष्ठ, भैरव केसी, रञ्जितसिंह कपाली आकांक्षी छन्।  राप्रपाबाट उदयसिंह मुस्याजु, भवनाथ दाहाल र रोहित बादेको नाम चर्चामा छ।

 धुलिखेल नगरपालिका

 कांग्रेसबाट रमेशप्रसाद हुमागाईं, जितकृष्ण घिनांजु, ईश्वरी ओझा र रवीन्द्र सिग्देल मेयरका आकांक्षी देखिएका छन्। एमालेबाट अशोक ब्यान्जु, रामकृष्ण हुमागाईं, गयानाथ श्रेष्ठ, केशव बडाल, विमला शर्मा र हरिगोपाल प्रधानांग आकांक्षी छन्।  माओवादी केन्द्रबाट पृथ्वी थापा, दिलसुन्दर श्रेष्ठ, सुवासकाजी श्रेष्ठ र रामबहादुर गौतमको नाम चर्चामा छ। राप्रपाबाट महेन्द्रविक्रम शाहको नाम अगाडि छ।

 

 पनौती नगरपालिका

सबैभन्दा बढी ३२ हजार दुई सय २८ मतदाता रहेको पनौती नगरपालिकामा कांग्रेसबाट मेयरमा विदुर बन्जारा, तीर्थबहादुर पसखल, भोला थापा, केदारबहादुर भण्डारी, विजयराम कर्माचार्य, प्रकाश थापा, गोवर्द्धन कर्माचार्य, रामशरण भण्डारी, महेश कर्माचार्य र रामचन्द्र नासननीको नाम चर्चामा आएको छ। एमालेबाट पूर्वजनप्रतिनिधि भीम न्यौपाने, वसुन्धरा हुमागाईं, रमेश पौडेल र कुमार थापाको नाम चर्चामा छ।  माओवादी केन्द्रबाट जगन्नाथ गिरी, पूर्ण श्रेष्ठ, प्रभुराम केसी र  द्वारिका श्रेष्ठ आकांक्षी देखिएका छन्।

राप्रपाबाट राजेन्द्र केसी र आरजु केसीको चर्चा छ। लोकतान्त्रिक फोरमबाट विनोद केसीले इच्छा व्यक्त गरेका छन्।

पाँचखाल नगरपालिका

कांग्रेसबाट मेयरमा गणेश अधिकारी र सुन्दरमणि आचार्य आकांक्षी देखिएका छन्।

एमालेबाट कञ्चन अधिकारी, रवीन्द्रराज सिपखान र  रुद्रबहादुर बानियाँको नाम चर्चामा छ।

माओवादी केन्द्रबाट दामोदर अधिकारी, हरिप्रसाद दुलाल र राजकुमार श्रेष्ठ आकांक्षी देखिएका छन्। राप्रपाबाट सत्यदेवी थापा र रामगोपाल ढुंगानाको चर्चा छ।

नमोबुद्ध नगरपालिका

कांग्रेसबाट कुन्साङ लामा, इन्द्रबहादुर दाहाल र इन्द्रबहादुर खड्का मेयरका आकांक्षी छन्। एमालेबाट टंकप्रसाद (टिपी) शर्मा, गोमा भूर्तेल, चन्द्र लामा र कृष्णचन्द्र आचार्य आकांक्षी देखिएका छन्।

माओवादी केन्द्रबाट रत्नबहादुर लामा र माधव खनाल आकांक्षी छन्। राप्रपाबाट भवानी उप्रेती र केशव रायमाझीको नाम चर्चामा छ।

मण्डन–देउपुर नगरपालिका

नेपाली कांग्रेसबाट अच्युतप्रसाद पौडेल, चन्द्र ढकाल, माधव ढकाल र रामहरि सापकोटा मेयरका आकांक्षी देखिएका छन्।  एमालेबाट टोकबहादुर वाइबा, राधाकृष्ण बस्ताकोटी, झलकप्रसाद पौडेल आकांक्षी देखिएका छन्।

माओवादी केन्द्रबाट रीता ढकाल, निरञ्जन बिष्ट र ध्रुव काफ्लेको नाम चर्चामा छन्। राप्रपाबाट रामकृष्ण सापकोटा र लोकतान्त्रिक फोरमबाट भरत सापकोटा (अमृत) को नाम चर्चामा छ।

 

रामेछाप

रामेछाप सदरमुकाम रहेको मन्थली नगरपालिकामा प्रमुख दलहरूले कस्ता व्यक्तिलाई टिकट दिन्छन् भनी सर्वसाधारणले उत्सुकतासाथ हेरेका छन्। 

प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रमध्ये कांग्रेसका तर्फबाट मन्थली नगरपालिकामा आठ जना आकांक्षी देखिएका छन्। कांग्रेसका युवराज भट्टराई, विनोद कार्की, गंगा अधिकारी, धुव्रप्रसाद सुवेदी, कुमार श्रेष्ठ, शंकर अधिकारी, केशव रोका र हिमालदास श्रेष्ठको नाम मेयर–उपमेयरका लागि चर्चामा छ। एमालेका आनन्द श्रेष्ठ, रमेश बस्नेत र लभ श्रेष्ठको नाम अगाडि आएको छ। माओवादी केन्द्रका तारानारायण श्रेष्ठको नाम अग्रपंक्तिमा छ। 

रामेछाप नगरपालिका

पुरानो सदरमुकाम रहेको रामेछाप नगरपालिकामा मेयरका लागि लवश्री न्यौपाने र नरबहादुर मगरको नाम चर्चामा छ। उपमेयरमा  रमा दाहाल खड्का र सिर्जना खड्काको नाम आएको छ। एमालेका रोशन पाखि्रन, डेकबहादुर तमाङ र ढालविक्रम कार्कीको नाम आएको छ। उपमेयरमा एमालेकी शान्ता सापकोटाको नाम चर्चामा  छ। माओवादी केन्द्रका नरेशबहादुर श्रेष्ठ, शिशिर खड्गी र रत्न नेवारको नाम चर्चामा छ। 

मेयरमा एकमात्र महिला आंकाक्षी

दुई नगरपालिका र ६ गाउँपालिका रहेको रामेछापमा मन्थली नगरपालिकामा एकमात्र महिलाले मेयरका लागि आकांक्षा राखेकी छन् ।

 कांग्रेस भ्रातृसंगठन नेपाल महिला संघ रामेछापकी अध्यक्ष गंगा अधिकारीले मन्थली नगरपालिका मेयरका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेकी छन्। भ्रष्टाचारमुक्त नगर तथा महिला सशक्तीकरणका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।  

कमलामाई  नगरपालिका

सिन्धुलीको कमलामाईमा नेपाली कांग्रेसका दीपककुमार घिमिरे, उपेन्द्र पोखरेल, माणिक ढकाल र मीनबहादुर श्रेष्ठको मेयरमा चर्चा छ। कांग्रेसका सुशीला थिङ र पार्वती बराल उपमेयरका आकांक्षी देखिएका छन्।

एमालेले मेयरमा खड्ग खत्री, महेन्द्रदेव श्रेष्ठ, विनोद खड्कालाई अगाडि सारेको छ। एमालेका तर्फबाट उपमेयरमा मञ्जु देवकोटा, शान्ता पाखि्रन, पार्वती भट्टराई र रमा शर्माको नाम चर्चामा छ। माओवादी केन्द्रका अनुसार कमलामाईमा सो पार्टीबाट अम्बरदीप देवकोटा र राम थापा मेयरका आकांक्षी देखिएका छन् । उपमेयरमा माओवादी केन्द्रले कसैलाई पनि अगाडि सारेको छैन।  राप्रपाका उज्ज्वलविक्रम थापाले मेयरमा उम्मेदवारी दिने तयारी गरेका छन्। नयाँ शक्ति पार्टीबाट मेयरमा दीर्घराज श्रेष्ठ र उपमेयरमा वन्दना सुवेदी आकांक्षी देखिएका छन् ।

दुधौली नगरपालिका

दुधौली नगरपालिकामा मेयरका आकांक्षी धेरै देखिएपछि प्रमुख  तीन दललाई उम्मेदवार छान्न हम्मे परेको छ। केही साना दलले भने मेयरको उम्मेदवारी टुंगो लगाइसकेका छन्।

दुधौलीको मेयरमा कांग्रेसबाट मोहन शाही ठकुरी, गंगा दाहाल, गंगा गिरी, दिनेश अधिकारीको नाम चर्चामा छ। उपमेयरमा कांग्रेसका चेतनारायण अधिकारीको चर्चा छ।

  एमालेले मेयरमा घनश्याम राउत र लक्ष्मण कार्कीलाई अगाडि सारेको छ।  उपमेयरमा एमालेकी बालकुमारी अधिकारीको चर्चा छ। माओवादी केन्द्रबाट डम्बर कार्की, वसन्त भट्टराई, दिनेश अधिकारी दनुवार मेयरका आकांक्षी देखिएका छन्। माओवादी केन्द्रबाट उपमेयरका आकांक्षीमा कसैको नाम अघि सारिएको छैन।

मधुसुधन गुरागाईं/बनेपा, मञ्जु उप्रेती/रामेछाप र अनिल भण्डारी/सिन्धुली को सहयोगमा

प्रकाशित: २९ चैत्र २०७३ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App