१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान संशोधनको नयाँ प्रस्ताव एमालेले समर्थन नगर्ने

फाइल तस्विर

काठमाडौ–नेकपा (एमाले)को सोमबार बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ।

स्थानीय तह निर्वाचन र संविधानविपरीत एवम् राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको पार्टीका प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

पार्टीका कावा अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह निर्वाचन र संविधानविपरीत एवम् राष्ट्रिय हित र सामाजिक सद्भावमा प्रतिकूल असर पर्ने कुनै पनि प्रस्ताव आफ्नो पार्टीलाई मान्य नहुने निर्णय गरेको पार्टीका प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि संसद्‌मा प्रस्तुत भएको संविधान संशोधन विधेयक फिर्ता लिई प्रमुख प्रतिपक्षी एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहमत हुने गरी नयाँ संशोधन प्रस्ताव प्रस्तुत गर्ने सार्वजनिक अभिव्यक्ति दिएकोमा एमाले बैठकले सरकारले भनेजस्तो आफ्नो पार्टीसँग कुनै सहमति नभएको स्पष्ट गरेको छ।

बैठकले एमालेको काठमाडौँ जिल्ला कमिटीमा उत्पन्न विवाद मिलाउन कावा अध्यक्ष गौतमको संयोजकत्वमा वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव ईश्वर पोखरेल रहेको कार्यदललाई जिम्मेवारी दिएको छ। स्थानीय निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न आउँदो वैशाख ३ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ।

प्रकाशित: २९ चैत्र २०७३ ०४:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App