coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रहरी महानिरीक्षकमा प्रकाश अर्याल

नव नियुक्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल। फाइल तस्विर

काठमाडौं— डिआईजी प्रकाश आर्याल प्रहरी महानिरीक्षकमा नियुक्त भएका छन्। कार्य सम्पादन मूल्यांकनको आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो।

कार्य सम्पादन मूल्यांकनको आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो।

उनलाई महानिरीक्षक बनाउने विषयमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मत ऐक्यता भएको थियो। केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल तथा राप्रपा अध्यक्ष कमल थापाबीच अर्याललाई महानिरीक्षक बनाउने सहमति भएको थियो।

सरकारले फागुन १ प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई गरेको नियुक्ति सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। अदालतले कार्यसम्पादन मूल्यांकनका आधारमा वरियतालाई आधार बनाएर प्रहरी प्रमुख नियुक्त गर्न सरकारको नाममा आदेश दिएपछि फागुन १ को निर्णय निष्त्र्किय भएको थियो। सो आधारमा सबैभन्दा बढी अंक अर्यालको देखिएपछि सोमबारको मन्त्रिपरिषदले उनलाई महानिरीक्षक नियुक्त गरेको हो।

अर्यालको कार्यसम्पादन मूल्यांकनमा डिआइजी नवराज सिलवालभन्दा अर्याल अगाडि देखिएपछि उनैलाई महानिरीक्षक बनाउन तयार भएका हुन्।

प्रहरी प्रमुख नियुक्तिको विवाद लम्बिएपछि डेढ महिनादेखि प्रहरी संगठन निमित्त आइजीको भरमा चल्दै आएको थियो। फागुन २ मा आइजिपी उपेन्द्रकान्त अर्याल र ११ एआइजीले अवकाश पाउने भएपछि १ गतेको मन्त्रिपरिषद् बैठकले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। डिआइजी नवराज सिलवालले आफू महानिरीक्षक हुनुपर्ने जिकिर गर्दै अर्को रिट दायर गरेका थिए।

फागुन १ गते अन्तरिम आदेशमार्फत् नियुक्ति बदर गरेको सर्वोच्चले चैत ८ मा पूर्ण इजालसबाट चन्द आफ्नो निर्णयलाई कायम राखेको थियो। प्रधान न्यायाधीश सुशील कार्कीसहितको इजालसले सरकारलाई कार्य सम्पादन मूल्यांकनका आधारमा महानिरीक्षक नियुक्ति गर्न आदेश दिएको थियो।

 

प्रकाशित: २८ चैत्र २०७३ १४:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App