२१ श्रावण २०७७ बुधबार
राजनीति

संविधान संशोधन र चुनाव दुवै सम्भव : डा महत


इनरुवा – नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले वैशाख ३१ गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने बताएका छन्। 

सुनसरी सदरमुकाम इनरुवामा नेपाल नाइ सङ्घको सातौँ जिल्ला अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महतले संविधान संशोधन र चुनाव दुवै सम्भव रहेको बताए। 

नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्न संविधान कार्यान्वयन आवश्यक रहेको बताउँदै उनले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन समयमै सम्पन्न हुने उल्लेख गरे । 

नेता महतले निर्वाचनका लागि स्थानीय तहमा उम्मेदवार छनौट, मत माग्ने काम, आफ्नो सङ्गठन गर्ने काम भइरहेकाले आफ्नो पार्टीले जित्नेसमेत दाबी गरे । रासस 

प्रकाशित: २६ चैत्र २०७३ १७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App