coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वाञ्चलको सुरक्षा बैठकले औंल्यायो निर्वाचका तीन सुरक्षा चुनौती

विराटननगरमा शुक्रबार आयोजना गरिएको पूर्वाञ्चलस्तरीय सुरक्षा बैठकपछि पत्रकारसँग कुराकानी गर्दै गृहमन्त्री विमलेन्द्र निधि । तस्बिरः चुमन बस्नेत

विराटनगर- गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनमा तीन वटा सुरक्षा खतरा रहेको बताएका छन्। पूर्वाञ्चलको क्षेत्रीय सुरक्षा बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै उनले भूमिगत समूह, विखण्डनकारी, र अपराधीक तीन गतिविधिलाई नियन्त्रण गर्नु पर्ने बताए। उनले यस्ता गतिविधिका विरुद्ध कडाइका साथ पेश हुने सुरक्षा निकायलाई निर्देशन दिएको बताए।

निर्वाचनको विपक्षमा रहेका राजनीतिक दलहरुसँग सम्वादको वातावरण बनाउने र त्यसै अनुसार प्रस्तुत हुनु पर्ने उनको धारणा थियो। निर्वाचनमा भाग नलिने अडान राख्दै आएको मधेसी मोर्चासँग राजनीतिक रुपमा केन्द्रमा कुरा भैरहेको र समाधान निस्कनेमा आँफु विश्वस्त रहेको उनको भनाई थियो। 'हामीलाई पूर्ण विश्वास छ मोर्चाले निर्वाचनमा भाग लिने छ', उनले भने, 'त्यसै अनुसार राजनीतिक सम्वाद अघि बढिरहेको छ।' दुई चरणमा निर्वाचन गराउँदा मधेसी मोर्चाले भाग लिन्छ भने त्यसमा पनि सोच्न सकिने उनले बताए।

मतदाता, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र साधारण जनताको सुरक्षाको विषयमा सरकार गम्भिर रहेको उनको भनाई थियो।  

उपप्रधानमन्त्रीको वरियताको विवादबारे उनले त्यसको टुंगो प्रधानमन्त्री र पार्टी सभापतिले तय गर्ने भएको बताए।

प्रकाशित: २५ चैत्र २०७३ ११:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App