८ वैशाख २०८१ शनिबार
राजनीति

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयन उन्मुख’

काठमाडौंँ– प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको बताउनुभएको छ । 

अधिकारीले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिसँग भएको ४५ मिनेटको भेटवार्ता महत्वपूर्ण रहेको बताउँदै चीनले स्थानीय तहको चुनावकै लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतालगायत कारणले भ्रमण पूर्णरुपमा सफल भएको बताए ।  

अघिल्लो सरकारको पालामा नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनोन्मुख रहेको बताउँदै उनले त्यसलाई अगाडि बढाउन द्विपक्षीय गृहकार्य भइरहेको जानकारी गराए ।  

मंगलबार रिपाेर्टर्स क्लबमा बाेल्दै उनले चीनका लागि पूर्वराजदूत टङ्क कार्कीले प्रधानमन्त्रीको चीन भ्रमण दुई देशबीच सद्भावना अभिवृद्धि गर्न सफल भएको बताउँदै प्रधानमन्त्रीले क्षेत्रीय बहुआयामिक मञ्चमा सम्बोधन गरेकाले नेपालको लागि ठूलो उपलब्धि भएको टिप्पणी गरे ।

उनले चीनले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा भएका द्विपक्षीय सम्झौता कार्यान्वयनका बारेमा बारम्बार चासो देखाएको विचार व्यक्त गरे । रासस 

प्रकाशित: १५ चैत्र २०७३ १२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App