१६ चैत्र २०८० शुक्रबार
राजनीति

मधेसी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

महोत्तरी- स्थानीय तहको निर्वाचनको विरोधमा रहेका मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले मंगलबार जिल्ला निर्वाचन कार्यालय घेराउ गर्दै धर्ना दिएका छन्।

सयौंको संख्यामा रहेका मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले जलेश्वर स्थित निर्वाचन कार्यालय घेराउ गर्नुका साथै विहान ११ वजे देखि ५ वजे सम्म कार्यालयको मुलगेटमै धर्ना दिए।  

मोर्चा नेता कार्यकर्ताको कार्यालय घेराउ र धर्नाका कारण मंगलबार निर्वाचन कार्यालयको कामकाज ठप्प हुन पुगेको छ।

मधेसी मोर्चाको पूर्व घोषित कार्यक्रम अनुरुप मंगलबार निर्वाचन कार्यालय घेराउ गर्नुका साथै कार्यालयको मुलगेटमा धर्ना दिइएको मोर्चाका घटक दल सदभावना पार्टीका महोत्तरी उपाध्यक्ष सुदिप झाले बताए।

स्थानीय तहको निर्वाचन अगावै मधेस र मधेसीहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर्नु पर्ने माग राख्दै मधेसी मोर्चाले बैशाख ३१ गतेको लागि तोकिएको निर्वाचन तयारीको कामकाज अवरुद्ध पार्न असहयोग आन्दोलन शुरु गरेका छन्। 

संविधान संशोधन विना गर्न लागिएको स्थानीय तहको चुनाव मधेसी मोर्चा आवद्ध राजनीतिक दलले कुनै पनि हालत सहभागिता नजनाउने र मधेसमा चुनाव गर्न पनि नदिने अडान मधेसी मोर्चाको रहेको छ।

मधेसी मोर्चाले चुनाव तयारीमै असहयोग गर्ने उद्देश्य साथ स्थानीयत तह पुर्नसंरचना अन्तर्गत महोत्तरीमा कायम भएको ३ नगरपालिका र १२ गाउँपालिका मध्ये गौशाला र जलेश्वर नगरपालिकामा तालावन्दी गर्नुको साथै १० वटा गाउँ पालिकाको कार्यालयमा समेत तालावन्दी गरेर कामकाज ठप्प पारेका छन्।

 

प्रकाशित: १५ चैत्र २०७३ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App