७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तह निर्वाचनको लागि महोत्तरीमा २९ दल दर्ता

महोत्तरी- वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनमा महोत्तरीमा २९ वटा राजनीतिक दलले मात्र सहभागिता जनाउने सक्ने निर्वाचन कार्यालय महोत्तरीले जनाएको छ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन मिति तोकेर जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराउने आह्वान गरे अनुसार महोत्तरीमा २९ वटा दल दर्ता हुन आएको र ती दलहरुले मात्र यसपालिको चुनावमा सहभागिता जनाउने पाउने भएको निर्वाचन कार्यालय महोत्तरीका अधिकृत पिंकी रायले बताइन्।

‘निर्वाचन आयोगमा दर्ता गराएको दल बाहेककाले सहभागिता जनाउने पाउने छैन। ’ निर्वाचन अधिकृत रायले भनिन् ‘ अन्य कोहि चुनावमा भाग लिन खोजे स्वतन्त्रबाट भने लड्न पाउँछन्।’

जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा माघ १७ गते सम्म दल दर्ता गराउने म्याद तोकिए अनुसार मधेस समता पार्टी नेपाल , संघीय समाजवादी फोरम नेपाल , राष्ट्रिय मधेस समाजवादी पार्टी , नेपाल कम्युनिष्ट पार्टी संयुक्त ,मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रीक) , नयाँ शक्ति पार्टी नेपाल , नेपाल कम्युनिष्ट पार्टी (माले) , तराई मधेस सदभावना पार्टी नेपालले दल दर्ता गराएका हुन।

त्यसैगरि नेपाल समाजवादी पार्टी (लोहियावादी) , सदभावना पार्टी , नेपाल सदभावना पार्टी , नेपाल मजदुर किसान पार्टी , राष्ट्रिय शिव सेना पार्टी , राष्ट्रिय जनमुक्ति पार्टी , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) , राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक नेपाल , नेपाल कम्युनिष्ट पार्टी(माक्र्सवादी) ,बहुजन शक्ति पार्टी , नेपाल कम्युनिष्ट पार्टी ( माले जनसमाजवादी), तराई मधेस लोकतान्त्रिक पार्टीले निर्वाचन कार्यालय महोत्तरीमा दल दर्ता गराएका हुन ।

यसैगरि नेपाल पूर्वराष्टसेवक लोकतान्त्रिक पार्टी , बहुजन समाज पार्टी नेपाल , राष्ट्रिय त्रिमुल बहुजन समाजवादी पार्टी , नेपाल जनता पार्टी , नेपाल कम्युनिष्ट पार्टी एमाले , नेपाली काँग्रेस , राष्ट्रवादी पार्टी , युनाईटेड ग्रिन अर्गनाइजेशन र युवा नेपाल पार्टी निर्वाचन कार्यालय महोत्तरीमा दर्ता भएको जनाइएको छ।

निर्वाचन कार्यालय महोत्तरीमा दर्ता भएका २९ दल बाहेक कतिपय दल चुनावमा भाग नै नलिने अडानमा रहेको र कतिपयले दलनै दर्ता गराएका छैनन्।

प्रकाशित: १५ चैत्र २०७३ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App