coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

भारतीय सेना प्रमुख काठमाडौंमा, मानार्थ महारथि प्रदान गरिने

भारतीय स्थलसेनाअध्यक्ष विपिन रावत।

काठमाडौं– भारतीय स्थल सेनाध्यक्ष जनरल विपिन रावत भारतीय हवाई सेनाको बिशेष विमानबाट केही समय अघि काठमाडौं ओर्लिएका छन्। नेपाल–भारत सैन्य परम्पराको निरन्तरताका लागि रावत नेपाल आएका हुन्।

रावतले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँडलाई भेटने छन्। नेपाली सेनाले रावतको स्वागतका लागि विशेष तयारी गरेको छ।

रावतलाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरी नेपाली सेनाको मानार्थ महारथिको सम्मान प्रदान गर्ने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले वरियतामा तेस्रो स्थानमा रहेका रावतलाई विपक्षीको आलोचनाबीच  भारतीय सेनाको २७ औं सेनाध्यक्षका रुपमा  गत वर्ष पुस १६ (२०१६ डिसेम्बर ३१) मा नियुक्त गरिएको थियो। नेपाल–भारतका सैन्य प्रमुखलाई एकअर्का देशको मार्नाथ महारथीको पद दिने परम्परा रहेको छ।

सैनिक प्रवक्ता सहायक रथी झंकरबहादुर कडायतले प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका रावतले पोखरा र मुस्ताङको भ्रमण गर्ने बताए। उनका अनुसार रावतले प्रधानमन्त्री पुष्पकमल दाहाल, रक्षामन्त्री बालकृष्ण खाँडलाई भेटने छन्। नेपाली सेनाले रावतको स्वागतका लागि विशेष तयारी गरेको छ।

भारतीय सेनाध्यक्ष रावतले भगवान पशुपतिनाथ र मुक्तिनाथमा पूजा अर्चना गर्नेछन्। यस्तै पोखरामा  भारतीय सैनिक पेन्सन क्याम्पको भ्रमण तथा पूर्व गोर्खालाई सम्बोधन र भेटघाट गर्नेछन्। रावत  नेपालसँग निकट रहेको उत्तराखण्डका स्थायी बासिन्दा हुन्।

प्रकाशित: १५ चैत्र २०७३ ०५:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App