coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई नम्बर प्रदेशका ६ जिल्लामा मतदान केन्द्र टुंगो लाग्न सकेन

काठमाडौं— स्थानीय तह निर्वाचनका लागि विभिन्न ७ जिल्लामा अझै मतदान केन्द्रको अन्तिम टुंगो लाग्न सकेको छैन। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि चैत १० गतेभित्र मतदान केन्द्रको टुंगो लगाउन निर्देशन दिएपनि दुई नम्बर प्रदेशका रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी तथा धादिङमा मतदान केन्द्रको अन्तिम टुंगो लाग्न नसकेको हो।

‘धादिङमा करिव टुंगो लागिसक्यो, मंगलबार बिहानसम्म पठाउछौं भन्ने जानकारी प्राप्त भएको छ,’ प्रवक्ता शर्माले नागरिकन्युजसँग भने ‘चैत १० गते (गत बिहीबार) सम्म देशभरको टुंगो लगाउने भनेको हो तर केही जिल्लामा राजनीतिक विवादका कारण ढिलाई भएपछि अव २० गतेसम्म टुंगो लगाउनेछौं।’

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार देशभर ६८ जिल्लाबाट मतदान केन्द्र निर्धारण गरि आयोगलाई रिपोर्ट प्राप्त भैसकेको छ। आयोगका प्रवक्ता शर्माले दुई नम्वर प्रदेशका ६ जिल्ला र धादिङबाट मतदान केन्द्रबारे टुंगो लाग्न नसकेको बताए। ‘धादिङमा करिव टुंगो लागिसक्यो, मंगलबार बिहानसम्म पठाउछौं भन्ने जानकारी प्राप्त भएको छ,’ प्रवक्ता शर्माले नागरिकन्युजसँग भने ‘चैत १० गते (गत बिहीबार) सम्म देशभरको टुंगो लगाउने भनेको हो तर केही जिल्लामा राजनीतिक विवादका कारण ढिलाई भएपछि अव २० गतेसम्म टुंगो लगाउनेछौं।’

आयोगका अनुसार यसअघि रहेका स्थानीय निकाय विघटन भई नयाँ स्थानीय तह कायम भएपछि स्थानीय तहका केन्द्र हेरफेर हुँदा मतदान केन्द्र निर्धारण पनि प्रभावित भएको हो। प्रवक्ता शर्माले स्थानीय राजनीतिक दलको केन्द्र तोक्ने बारे आ आफ्नै चाहना हुँदा विवाद भएको हो। निर्वाचन आयोगले देशभरका ७ सय ४४ स्थानीय तहका लागि हुने निर्वाचनमा देशभर करिव २१ हजार मतदान केन्द्र हुने अनुमान गरेको छ। यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा १० हजार १३ स्थानमा १८ हजार ४ सय ३८ वटा मतदान केन्द्र थिए।

आयोगका अनुसार नयाँ संरचना र मतदाताको संख्या पनि बढेकाले मतदान केन्द्रको संख्या थपिने भएको हो। यसपालीको निर्वाचनमा देशभर १ करोड ४० लाख मतदाता रहेको आयोगको अनुमान छ। यद्यपि त्यसको अन्तिम टुंगो भने लागिसकेको छैन। आयोग प्रवक्ता शर्माले १६ बर्ष उमेर पुरा भएकाले पनि मतदाता नामावलीमा नाम लेखाउन पाउने व्यवस्था हुँदा त्यसबाट १८ बर्ष पुरा भएका व्यक्तिमात्रै मतदाता हुने हुँदा प्रशोधनको काम भैरहेको जानकारी दिए।

उनले अव एकसाताभित्रै मतदाता नामावली प्रशोधनको काम सकेर निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जानकारी समेत दिए। २०७० को संविधानसभा निर्वाचनमा मतदाताको संख्या १ करोड २१ लाख ४७ हजार ८ सय ६५ थियो।

 

प्रकाशित: १४ चैत्र २०७३ १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App