१५ चैत्र २०८० बिहीबार
राजनीति

पुनर्वास घटनामा भारतलाई माफी मगाउन नसक्नु सरकारको कमजोरी: बाबुराम भट्टराई

धनगढीमा आयोजित सभा

धनगढी- नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री वावुराम भट्टराईले संविधान संशोधन गरेर असन्तुष्ट मधेसी, जनजाती थारु लगायतमा माग सम्बोधन गर्दै निर्वाचन गरिनुपर्ने बताएका छन्। हिमाल,पहाड, तराई/मधेस राष्ट्रिय अभियान अन्तर्गत आईतवार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै भट्टराइले स्थानीय तह, प्रदेश र संसदको तीन तहको निर्वाचन एकै प्योकजमा गर्न उपयुक्त हुने बताए। ठुलादलहरु मत किन्न झोलामा पैसा हालेर गाउँ पस्न थालेको उनको आरोप छ। सरकारले बजेट रकमान्तर गरेर चुनावका लागी कार्यकर्तालाई पैसा बाँड्न थालेको उनले आरोप लगाए। एनसेललाई कर छुट दिएर सरकारले नीतिगत भ्रष्टाचार गरेको उनले आरोप लगाए।

सीमाको रक्षाका लागी भारतीय सुरक्षा वलको गोली लागेर मारिएका सहिद गोविन्द गौतमको वीरताले नेपालीहरु आफ्नो सार्वभौमिकता,स्वाभिमान र सीमाको रक्षाको लागी जस्तोसुकै लडाई लड्न पनि तयार रहेको उदाहरण प्रदर्शन भएको उनले बताए। भारतीय सुरक्षाफौजसँग पुनर्वासका हजारौ वासिन्दाले लडेको घटनाले गौरवले छाती फुलेको उनले बताए।

गोविन्द गौतमलाई गोली हानेको घटनामा अन्तराष्ट्रिय प्रचलन अनुसार भारतले माफी माग्नु पर्ने र पीडित परिवारलाई क्षतीपुर्ती दिनुपर्ने उनले बताए। सत्ता लिप्साका लागी जे पनि गर्ने सरकारमा वसेका नलायकका कारण अहिले सम्म भारतलाई माफी मगाउन र क्षतीपुर्ती दिलाउन नसकेको उनको भनाई छ। ‘अहिले सम्म माफी मगाउन र क्षतीपुर्ती दिलाउन नसक्नुमा सरकार जिम्मेवार हो’उनले भने। असल छिमेकी हो भने भारतले आफै पनि माफी मागेर क्षती पुर्ती दिनुपर्नेमा यो नगर्नु उस्को हेपाह प्रवृती भएको उनले बताए।

निर्वाचन चिन्ह राख्न नपाउने भनेर ठूला दलले सेन्डिकेट लगाउन खोजेको उल्लेख गर्दै उनले चुनाव चिन्ह आँखा प्रयोग गर्न नदिए शसक्त कमद चाल्ने चेतावनी दिए। आफ्रीकावाट मानव जाती नेपालमा आएको चर्चा गर्दै थारु,मधेसी, आर्य र मंगोलिन सवै मुलावासी भएको उनले बताए। ‘यी सवै जातीको एकता सहितको इन्द्रेणी राष्ट्रियता अहिलेको आवश्यकता हो’उनले भने।

कार्यक्रमा नेत्री हिसिला यमी, करिस्मा मानन्धर, सासंद गंगा चौधरी लगायतकाले देशको स्मृद्धी र विकासका लागी नयाँ शक्ति पार्टीलाई चुनावमा जिताउन आग्रह गरे।

 

प्रकाशित: १३ चैत्र २०७३ १२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App