१६ चैत्र २०८० शुक्रबार
राजनीति

स्थानीय तहको निर्वाचनका लागि २५१ मतदान केन्द्र निर्धारण

त्रिशुली – स्थानीय तहको निर्वाचनका लागि नुवाकोटमा २५१ मतदान केन्द्र र १२८ मतदान स्थल प्रस्ताव गरिएको छ । 

जिल्लास्थित मतदान केन्द्र र स्थल सिफारिस समितिको बैठकले जिल्लामा उक्त परिमाणको मतदान स्थल र मतदान केन्द्र प्रस्ताव गरी स्वीकृतका लागी निर्वाचन आयोगमा पठाएको जिल्ला निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिए । 
यसअघिको दोश्रो संविधानसभाको निर्वाचनमा जिल्लामा ११५ मतदान स्थल र २३० मतदान केन्द्र रहेको थियो । 

वैशाख ३१ गते हुने भनिएको स्थानीयतहको निर्वाचनका लागि जिल्लामा १ लाख ८९ हजार ५ सय ९० जना मतदाता रहेका छन् । दोश्रो संविधानसभाको निर्वाचनमा जिल्लामा १ लाख ५४ हजार ९ सय ९० जना रहेकोमा तीन वर्षको अवधिमा ३४ हजार ६ सय नयाँ मतदाता थप भएको निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रकाशित: १२ चैत्र २०७३ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App