८ वैशाख २०८१ शनिबार
राजनीति

पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं- पाकिस्तानको ७७ औं राष्ट्रिय दिवसको अवसरमा बिहीबार काठमाडौंस्थित पाकिस्तानी दूतावासमा झण्डोत्तोलन कार्यक्रम आयोजना गरियो। नियोग प्रमुख जावेद अहमिद उमरानीले पाकिस्तानको राष्ट्रिय झण्डोत्तोलन गरेका हुन्। उक्त कार्यक्रममा पाकिस्तानका राष्ट्रपति ममनुन हुसैन र प्रधानमन्त्री महमद नवाज सरिफको शुभकामना सन्देश पढेर सुनाइएको थियो।

झण्डोत्तोलन कार्यक्रमपछि दूतावासले साँझ हायात होटलमा रात्रिभोज आयोजना गरेको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यतामा नेपालका राजनीतिज्ञ, सञ्चारकर्मी, उच्चसरकारी अधिकारी र पाकिस्तानी समुदायका विभिन्न व्यक्तिको उपस्थिति थियो। रात्रिभोजसँगै उस्ताद अमानत अली खानलगायत प्रसिद्ध गायकले गजल वाचन गरेका थिए।

 

प्रकाशित: १२ चैत्र २०७३ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App