१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्वाचन अनुगमनसम्बन्धी निर्देशिका आउँदै

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा अनुगमनसम्बन्धी बेग्लै निर्देशिका ल्याउँदैछ । 

आगामी वैशाख ३१ गते स्थानीय निर्वाचनमा हुने सबै प्रक्रियाको अनुगमनका लागि त्यस्तो निर्देशिका बन्दै गरेको र चाँडै जारी हुने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 

आयोगले यसअघि निर्वाचन आचारसंहिता अनुगमन निर्देशिका–२०७३, स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिका–२०७३ भने जारी गरिसकेको छ । आयोगमा पर्यवेक्षण पाऊँ भनी संस्थागत आवेदन दिने क्रम सुरु भएको छ । यस्तै आयोगले मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७३ पनि जारी गरिसकेको छ । निर्वाचन ऐन, २०७३ को दफा ४४ बमोजिम ती निर्देशिका जारी भएका हुन् । 

स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति र निर्देशिकामा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउन गोप्य मतदानबाहेकका अन्य प्रक्रियामा अधिकतम् पारदर्शी बनाइने उल्लेख छ । सोका लागि पर्यवेक्षक हुने संस्था र व्यक्तिलाई अभिमुखीकरण र क्षमता विकास गरी खटाउने आयोगको नीति छ । रासस 
 

प्रकाशित: ११ चैत्र २०७३ ०५:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App