५ वैशाख २०८१ बुधबार
राजनीति

राष्ट्रिय दल बन्न तीन प्रतिशत 'थ्रेस होल्ड', प्रत्यक्ष तर्फ एक निर्वाचित हुनैपर्ने

वुधबार बसेको राज्य व्यवस्था समितिको बैठक। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं- राष्ट्रिय दल बन्नको लागि समानुपातीक तर्फ खसेको कुल मतको तीन प्रतिशत ल्याउनु पर्ने व्यवस्था हुने भएको छ।  राज्य व्यवस्था समितिले राष्ट्रिय दलको लागी तीन प्रतिशत     'थ्रेस होल्ड' राख्न संसदलाई सिफारिस गरेको हो।  बुधबार बसेको बैठकले समानुपातिकमा प्रतिनिधित्व गर्न कूल खसेको मतको तीन प्रतिशत ल्याउनुपर्ने र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी सिफारिस गरेको छ।

नयाँ व्यवस्था अनुसार तीन प्रतिशत मत ल्याए पनि राष्ट्रय दल हुनको लागि प्रत्यक्ष तर्फ एक सिट जित्नै पर्ने छ।

'कुल मतको तीन प्रतिशत र एक जना प्रत्यक्ष निर्वाचित हुनु पर्ने गरी उपसमितिले सिफारिस गरेको छ', सांसाद तथा समितिका सदस्य रामकृष्ण यादवले भने, 'आजनै संसदमा पठाइने छ।' संसदले पारित गरेपछि मात्र यो कार्यान्वयन हुने छ।

थ्रेस होल्डमा साना दलहरुले असहमति जनाउँदै आएका छन्। साना दलको विरोधकाबीच उपसमितिले तीन प्रतिशत थ्रेस होल्डको सिफारिस गरेको हो। एक सिट पनि प्रत्यक्षमा नजित्दा पनि थ्रेसहोल्डको सजिलो प्रावधानका कारण अहिले संसदमा एक दुई सिटे साना दलहरु धेरै छन्।

साना दलको विरोध

राज्य व्यवस्था समितिको निर्णयविरुद्ध साना दलहरु आक्रोसित भएका छन्। उनीहरुले यो निर्णयविरुद्ध सदनमा कुरा उठाउने जनाएका छन्। 'आजको संसद बैठकमा हामी यो व्यवस्थाविरुद्ध कुरा उठाउछौं', नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने। 

 

प्रकाशित: ९ चैत्र २०७३ ०७:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App