coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनतर्फ लैजान सक्छः महामन्त्री सिंह

काठमाडौं – नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले राजतन्त्र र हिन्दू राष्ट्रका सोचाइले देशलाई प्रतिगमनको दिशामा लैजाने बताएका छन् । 

सोमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै उनले राप्रपाको विधानमा उल्लेखित राजतन्त्रको पुनःस्थापना र धर्म निरपेक्षता संविधान विपरीत भएकाले नीतिगत रूपमा हामीले उक्त अवधारणालाई गलत मान्दछौँ र त्यसको कडा शब्दमा विरोध गर्दछौं भने । 

कुनै पनि राजनीतिक पार्टीले बेग्लै मत राख्न पाउने वा सङ्घर्ष गर्न पाउने अधिकार संविधानमा सुरक्षित भएकाले राप्रपाले आफ्नो विधान वा घोषणापत्रमा के राख्दछ भने त्यसलाई गलत भन्न मिल्दैन, उनले विज्ञप्तिमा भनेका छन् — राप्रपाको विधानमा राखेका विषयलाई हटाउनका लागि निर्वाचन आयोगले दिएको निर्देशन गलत भएको ठहर आफ्नोे पार्टीको छ । रासस

प्रकाशित: ७ चैत्र २०७३ ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App