१६ चैत्र २०८० शुक्रबार
राजनीति

विराटनगर पुगेर गच्छदारले सरकारलाई सोधे: राजनीतिक समस्या समाधानको रोडम्याप के हो?

विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले यथास्थितीमा सरकारमा सहभागि नहुने बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै गच्छदारले वर्तमान राजनीति समस्या समाधानका लागि सरकारसित आफूले रोडम्याप मागेको बताए। ‘समस्या समाधानको एजेन्डा मागेको छु,’ उनले भने, ‘सरकारको तर्फबाट त्यो आएपछि मात्रै हाम्रो सहभागिता हुन्छ।’

एक अर्को प्रसंगमा नेपाली कांग्रेसमा आफ्नो प्रवेश हुने चर्चा चल्नु खुशीको कुरा भएको बताए। उनले राजनीतिमा सबै कुरा सम्भव रहेकाले कांग्रेसभित्र चलेको बहसले आफूलाई खुशी तुल्याएको बताए।

                ‘कांग्रेसले आवश्यकता महसुस गर्नु मेरो लागि खुशीको कुरा हो,’ आइतवार अपरान्ह विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरा गर्दै नेता गच्छदारले भने, ‘कांग्रेसले मलाई धेरै नै खोज्नु भएको छ, राजनीतिमा एउटा भनाई छ नि ‘पोलटिक्स इज गेम अफ पोसिविलिटी ।’ उनले कांग्रेससित भने यो विषयमा आफ्नो औपचारिक कुराकानी भने नभएको बताए। ‘कांग्रेसका साथीहरुसित दिनदनै भेटघाट हुन्छ, उहाँहरुले आइदिनु पर्‍यो भनेर आग्रह गरेका छन्,’ उनले भने, ‘औपचारिक छलफल भए पार्टी एकीकरण वा चुनावी तालमेलको सम्बन्धमा छलफल हुनसक्छ।’

                नेता गच्छदारले देशले नै आफ्नो आवश्यकता महसुस गरिरहेको बेला कांग्रेसले महसुस गर्नु स्वभाविक भएको समेत बताए। ‘अगामी चुनावमा कांग्रेस कत्रो पार्टी बन्ने यो उसमै निर्भर छ,’ गच्छदारले भने।

               

 

प्रकाशित: ६ चैत्र २०७३ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App