१५ चैत्र २०८० बिहीबार
राजनीति

अहिले तोकिएका स्थानीय निकायका केन्द्र स्थायी होइनन् :अध्यक्ष पौडेल

फलेवास – स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेलले अहिले तोकिएका स्थानीय तहका केन्द्रहरु स्थायी नभएको बताए । 
सदरमुकाम कुश्माबजारमा आइतबार आयोजित पौडेल बन्धु समाजको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष पौडेलले तत्काल स्थानीय तहको निर्वाचन गर्नैपर्ने बाध्यता भएकाले सहजताका लागि केन्द्र तोकिएको बताए । 

स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिको बहुमतको आधारमा स्थायी रुपमा केन्द्र तोक्न सकिने संविधानमा उल्लेख भएकाले अहिले नै अन्तिम हो कि भनेर आन्दोलन गर्नुको कुनै अर्थ नहुने उनको भनाइ थियो । “निर्वाचन नजिकै आइसक्यो, अब पनि केन्द्र तोकेर काम नगर्ने हो भने निर्वाचन पछि धकेलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि स्थानीय तहका लागि केन्द्र तोकिएको हो,” पौडेलले भने । 
मुलुकका अधिकांंश ठाउँका बासिन्दालाई पायक पर्ने ठाउँमै केन्द्र राखिएका र एकाध ठाउँमा समस्या भएमा निर्वाचनपछि नयाँ व्यवस्था गर्न सकिने मार्ग प्रशस्त रहेको उनले बताए । 

पौडेलविरुद्ध कालोझण्डा प्रदर्शन 

कार्यक्रमको सिलसिलामा गृहजिल्ला पर्वत आउनुभएका अध्यक्ष पौडेललाई केन्द्र अपायक बनाइदिएको भन्दै जलजला गाउँपालिकाका बासिन्दाले कालो झण्डा देखाएका छन् । उनिहरुले कार्यक्रमस्थल बाहिर कालो झण्डासहित पौडेलविरुद्ध नारावाजी गरेका थिए । 

उत्तरी पर्वतको जलजला गाउँपालिकाको केन्द्र मिलनचोकमा राखिनुपर्नेमा साविकको माझफाँट गाविसको कार्यालयलाई तोकिएको भन्दै स्थानीयले केहिदिनदेखि आन्दोलन गर्दै आएका थिए । रासस 

प्रकाशित: ६ चैत्र २०७३ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App