७ वैशाख २०८१ शुक्रबार
राजनीति

आरआरमा स्ववियु निर्वाचन गर्न अन्तरिम आदेश

काठमाडौँ-सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज स्ववियुको निर्वाचन गराउनका लागि अन्तरिम आदेश गरेको हो । सो क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्याशी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गर्नुभएको थियो ।

निवेदनमा फागुन १८ गते त्रिविले तोकेको मितिमा स्ववियु निर्वाचन नभएपछि फागुन २३ गते आरआर क्याम्पसमा निर्वाचन गर्न माग गरिएको थियो । विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय निकायको निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो । रासस

प्रकाशित: २ चैत्र २०७३ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App