८ वैशाख २०८१ शनिबार
राजनीति

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

काठमाडौं— रवीन्द्र मिश्रको साझा पार्टीले विद्यार्थी संगठन निर्माण गर्न नीतिगत खाका तयार पारेको छ। विश्वमै विद्यार्थी शक्ति राजनीतिक चेत बढी भएको भन्दै उसले १८ वर्ष उमेर पुगेका विद्यार्थी साझा विद्यार्थी क्लबमा आवद्ध हुन आह्वान गरेको छ।

'वेलायतमा लेबर पार्टीप्रति झुकाव भएका विद्यार्थीहरुको लेबर क्लब भएजस्तै साझा पार्टीको साझा क्लब हुनेछ', पार्टीको अपिलमा भनिएको छ।

नेपालमा दशकौंदेखि शिक्षित, सिर्जनशील, ऊर्जावान विद्यार्थीलाई राजनीतिक दलहरूले शिक्षण संस्थामा राजनीतिक दलको भातृ संगठन संचालन गरेर पूर्णरूपमा गलत ढंगबाट राजनीतिक स्वार्थका लागि प्रयोग गर्दै आइरहेको अारोप लगाउँदै साझा पार्टीले त्यो कुसंस्कार तोड्न अाफूहरुले विद्यार्थी क्लबको धारणा ल्याएको जनाएको छ।

'वेलायतमा लेबर पार्टीप्रति झुकाव भएका विद्यार्थीहरुको लेबर क्लब भएजस्तै साझा पार्टीको साझा क्लब हुनेछ', पार्टीको अपिलमा भनिएको छ।

साझा विद्यार्थी क्लब साझा पार्टीको घेराबाट पूर्णरूपमा स्वतन्त्र रहने भन्दै कलेज वा विश्वविद्यालयमा हुने युनियन चुनाबका लागि हस्तक्षेप नगरिने अपिलमा जनाइएको छ।

साझा पार्टी विद्यार्थी क्लबका सदस्यहरूले नियमित पढाइमा असर नपर्ने गरी मूलरुपमा विविध विषयमा बहस, अन्तरक्रियाजस्ता प्राज्ञिक गतिविधि र विद्यार्थी र कलेजको हित हुने काममा सरिक हुनुपर्ने तथा युनियनको चुनाव जितेको खण्डमा पनि तिनले पूर्णरूपले विद्यार्थी र कलेजको भलाईकै लागि काम गर्नुपर्ने जनाइएको छ।

विद्यार्थी क्लबमा आवद्ध विद्यार्थीले पार्टीगत राजनीति, बन्द-हडताल र चक्काजामजस्ता क्रियाकलापमा संलग्न हुन नपाउने अपिलमा भनिएको छ। संलग्न भएको खण्डमा क्लबले त्यस्तो विद्यार्थीको सदस्यता खारेज गर्न सक्नेछ। रवीन्द्र मिश्रले बीबीसी नेपाली सेवा छोडेर साझा पार्टी निर्माणको अभियान सञ्चालन गर्दै अाएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७३ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App