७ वैशाख २०८१ शुक्रबार
राजनीति

राज्यमन्त्री तामाङबाट पद तथा गोपनीयताको शपथ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री परशुराम तामाङलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्रीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।  

उनी राष्ट्रिय प्रजातन्त्र पार्टीको सिफारिसमा राज्यमन्त्री नियुक्त भएका हुन्। समारोहमा मन्त्रीहरु, नेपाल सरकारका सचिवलगायतको सहभागिता थियो। रासस 

प्रकाशित: २७ फाल्गुन २०७३ ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App