१६ चैत्र २०८० शुक्रबार
राजनीति

उपत्यकामा बन्दको असर न्युन, ७० जना पक्राउ

काठमाडौं—संघीय गठबन्धनले आह्वान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्युन देखिएको छ। सडकमा निजी तथा सार्वजनिक सवारी चलेका छन् भने अधिकांश विद्यालय खुलेका छन्।

प्रहरीले काठमाडौं र ललितपुरबाट ७० जना बन्दकर्ता पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं र ललितपुरबाट ७० जना बन्दकर्ता पक्राउ गरेको छ। महानगरीय प्रहरी कार्यालय काठमाडौंका एसएसपी छविलाल जोशीले काठमाडौंबाट २७ जना पक्राउ परेको जानकारी दिए। संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ सहित प्रहरीले २७ लाई पक्राउ परेको उनले बताए।

'काठमाडौं शान्त छ। २७ जना बन्दकर्तालाई प्रहरीले काठमाडौंका विभिन्न भागबाट पक्राउ गरेको छ', एसएसपी जोशीले नागरिकन्युजसँग भने।

ललितपुरबाट प्रहरीले ४३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ महिला छन्। पूर्वमन्त्री हेमराज राई, पूर्व सांसद रंगध्वज कन्दङ्गवा र धीरेन्द्रबहादुर श्रेष्ठलाई पनि ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

ललितपुरको जनजीवन सामान्य रहेको र सडकमा निजी तथा सार्वजनिक सवारी साधन गुडिरहेको ललितपुर प्रहरीका एसपी अशोक सिंहले जानकारी दिए।

सप्तरी घटनाको विरोधमा मधेसी मोर्चासमेत सामेल संघीय गठबन्धनले नेपाल बन्दको आह्वान गरेको हो। एमाले सभालाई मधेसी मोर्चाले बिथोल्ने प्रयास गर्दा सप्तरीमा तीन जनाको मृत्यु भएको थियो।

बन्दको असर काठमाडौं उपत्यकामा देखिएको छैन। तराईका जिल्लाहरु भने ठप्प छन्।

प्रकाशित: २७ फाल्गुन २०७३ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App