७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेशमा भएको घटना अत्यन्तै दुखदायीः    पौडेल

दमौली– प्रमुख सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार सप्तरीको राजविराजमा भएको घटना अत्यन्तै दुःखदायी भएको बताएका छन् ।  

मधेशमा आन्दोलनकारीहरुको ज्यान जाने गरी भएको घटना अत्यन्तै दुःखदायी भएको भन्दै पौडेलले  कांग्रेस नेता पौडेलले आइन्दा दिनमा यस्ता घटना दोहरिन नहुने बताए मुलुक भित्र देखिएका विद्यमान समस्या समाधान गर्न आवश्यक परे राष्ट्रिय सहमतीको सरकार गठन गरेर भए पनि मुलुकलाई निकास दिनसक्नु पर्ने पौडलले बताए । रिपोर्टर्स क्लब तनहुँले गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् । 

यस्तो स्थितिमा स्थानीय चुनाव हुन सक्ला त भन्ने सञ्चारकर्मीको जिज्ञासामा यही वैशाख ३१ गते हुने स्थानीय निर्वाचनलाई सो घटनाले प्रभाव पार्न नहुने पौडेलको भनाइ थियो । 

प्रकाशित: २४ फाल्गुन २०७३ १२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App