८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेको सप्तरी सभामा तनाब, प्रहरीसँग झडप हुँदा एकको मृत्यु, १४ घाइते

सप्तरी- मेची- महाकाली अभियान अन्तर्गत नेकपा एमालेद्वारा सप्तरीमा आयोजित कार्यक्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। कार्यक्रमको विरोधमा रहेका मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मलेठ गाविस वडा नं २ बस्ने संजन मेहेताको मृत्यु भएको हो। झडपमा १४ जना घाइते भएका छन्। घाइते ४ जनाको अवस्था गम्भिर छ। ११ जना घाइतेलाई थप उपचारको लागि विपि कोइराला स्वास्थय विज्ञा प्रतिष्ठान धरान रेफर गरिएको छ। ३ जना घाइतको सगरमाथा अञ्चल अस्पतालमा उपचार भैरहेको छ।

गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रमा आयोजिक सभामा बरिष्ठ नेता माधव कुमार नेपाल बोलिरहेकै समयमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउण्ड हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको छ।

कार्यक्रम स्थल नजिकै मोर्चाका कार्यकर्ताहरुले विरोध जनाएका थिए। उनीहरुले कालोझण्डा सहित नारावाजी गरेका थिए।

एमाले रैथाने पार्टी हो: ओली

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले रैथाने पार्टी भएको बताएका छन्। 'एमाले कुनै क्षेत्रिय पार्टी होइन', अध्यक्ष ओलीले भने, 'हामी यो देशभरको पार्टी हौं।' उनले एमालेलाई कसैले रोक्न नसक्नेब ताए। उनले करिब ७ मिनेट जति मैथली र नेपालीमा भाषण गरेका थिए।

बरिष्ठ नेता माधव कुमार नेपालले मधेसको माग एमालेले जति कसैले नवुझेको बताए। नेपालले मधेसलाई एमालेले जति कसैले नवुझेको बताए।   

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App