१५ चैत्र २०८० बिहीबार
राजनीति

गणतन्त्र र संघीयता ल्याउन माअाेवादीकै रगत–पसिना बगेकाे छः दाहाल

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता ल्याउन माअाेवादीकै रगत पसिना भएको बताएका छन्।  

माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ,' उनले भने, 'जसको रगत पसिना छ, यी उपलब्धी जोगाउने दायित्व पनि हाम्रै हो। हिजो जो यी मुद्दाका विपक्षमा थिएँ, त्यसकै विरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन। त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ।’

सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको उनले दाबी गरे।

‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ,' उनले भने, 'स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ । संविधानले स्थानीय तहमा अत्यन्तै धेरै अधिकार दिएको छ, जनताको अधिकार गाउँ–गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्छ ।’

नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको उनले बताए।

‘नयाँ संविधानमा दलितहरुको अधिकारलाई मौलिक हकको रुपमा राखिएको छ,' उनले भने, 'समानुपातिक, समावेशिता जस्ता मुद्दालाई संस्थागत गरिएको छ, आवासको हक सुनिश्चित गरिएको छ। एकतावद्ध भएर संविधानको कार्यान्वयन गरेर मात्र दलित अधिकार संरक्षण गर्न सकिन्छ।’

 

प्रकाशित: २३ फाल्गुन २०७३ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App