coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशोधन र चुनाव हुन नदिने शक्ति सक्रिय : प्रधानमन्त्री

बनेपा- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनको प्रमुख आधार निर्वाचन भएको बताएका छन्। उनले चुनावमा सबैलाई सहभागी गराउन  संविधान संशोधन पनि जरुरी भएको तर यी दुवै काम हुन नदिन षड्यन्त्र भइरहेको बताए।

नेकपा माओवादी केन्›, काभ्रे जिल्ला कमिटीले शुक्रबार कामीडाँडामा आयोजना गरेको कार्यक्रममा दाहालले भने, ‘संविधान कार्यान्वयन गर्न नदिए माओवादीलाई ठेगान लगाउन सकिन्छ भनेर विदेशी शक्ति र देशभित्रकै प्रतिक्रियावादी शक्ति लागेका छन्। हामी सचेत रहन जरुरी छ।’

संविधान संशोधन तथा निर्वाचन हुन नदिने र नचाहने शक्ति एउटै ‘हेडक्वार्टर’ बाट परिचालित भएको दाबी गर्दै दाहालले भने, 'संविधान संशोधन हुनै नदिने र संशोधन नभए निर्वाचन हुनै नदिने दुइटा समूह अहिले सक्रिय छन्। हेर्दा फरक देखिए पनि संविधान कार्यान्वयन हुन नदिने उनीहरूको मुख्य लक्ष्य हो, त्यसबाट हामी सचेत हुनुपर्छ।'

मुलुकमा संविधान जारी हुँदाताका पनि यस्तै शक्ति परिचालित भएको स्मरण गर्दै दाहालले भने, 'त्यतिखेर पनि संविधान बनाउन नदिने शक्ति  यसरी नै परिचालित थियो तर म कसैलाई आरोप लगाउन चाहन्नँ। प्रमुख पद बाँडेरै भए पनि सबैलाई सहमतिमा ल्याएँ, प्रधानमन्त्री बनाउँछु भनेकालाई बनाएँ पनि, सुशीलजीलाई राष्ट्रपति बनाउँछु भन्ने थियो, उहाँले चाहनुभएन वा सक्नुभएन।' सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउन पनि स्थानीय निर्वाचन आवश्यक रहेकाले जसरी पनि गराएरै छाड्ने दृढता व्यक्त गर्दै भने, ‘अहिलेको सरकारले निर्वाचन गराउनै सक्दैन भन्दै आएका दल नै यतिखेर आफ्नो दबाबले चुनाव घोषणा भएको बताउन थालेका छन्। यो निर्वाचनपछि मात्रै जनताले गणतन्त्रको अनुभूति गर्नेछन्।’

प्रकाशित: २१ फाल्गुन २०७३ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App