coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपामा ६ उपाध्यक्ष र ५ महामन्त्रीसहित पदाधिकारी मनोनित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ६ जना उपाध्यक्ष र ५ जना महामन्त्री रहने गरी पार्टी पदाधिकारी नियुक्त गरेका छन्। 

अध्यक्ष थापाले उपाध्यक्षहरुमा दीपक बोहरा, राविज पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, बिक्रम पाण्डे र रामचन्द्र रायलाई नियुक्त गरेका छन्। 

त्यस्तै, महामन्त्रीमा ध्रुवबहादुर प्रधान, राजेन्द्र लिंदेन, डा. धवल शमशेर राणा, जयन्त चन्द र सुनिलबहादुर थापा रहेका छन्। 

त्यसैगरी कोषाध्यक्षमा उद्धव पौडेल, प्रवक्तामा रोशन कार्की, सुशीलकुमार श्रेष्ठ र भूवन पाठकलाई नियुक्त गरेका छन्। त्यस्तै सहप्रवक्तामा मोहन श्रेष्ठलाई नियुक्त गरेका छन्। 

सहमहामन्त्रीमा हेमजंग गुरुंग, निलकण्ठ काफ्ले, राम थापा र चन्द्रबहादुर गुरुंग नियुक्त भएका छन्। सहायक महामन्त्रीहरुमा वृजलाल यादव, कुन्तीकुमारी शाही, मनोज प्रधान, राजाराम बर्तौला, बिन्दु, पहाडी, राजेन्द्र प्रसाद श्रेष्ठ मनोनित भएका छन्। 

त्यस्तै, सहायक कोषाध्यक्षमा गिरीधर परियार नियुक्त भएका छन्। 

प्रकाशित: २० फाल्गुन २०७३ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App